२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने

७ जेष्ठ २०७५, सोमबार ०२:००

जेठ ७, पोखरा (रासस) | पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । 

महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । 

मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो । हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा रु पाँच हजार जरिवाना गरिने निर्णय भएको छ । 

स्थायी संरचना र ग्यारेजले सडक छउेमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो । बीच सडकमा रहेका १७ वटा पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने बताउँदै उहाँले भन्नुभयो बीच सडकमा विद्युत्को पोल हुँदा दुर्घटना हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत प्रभाव परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड