Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ ०८ गते, राति १०:१८ बजे अछाम - ACM, अर्थ/विकास

कालगाउमा भएको महायज्ञमा १ करोड ७२ लाख बढी दान सँकलन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | जेठ ८, अछाम | कैलाश शैक्षिक ज्ञान महायज्ञ तथा कालागाउ धार्मिक महामहोत्सव २०७५ मा १ करोड ७२ लाख १० हजार ७५ रुपैँया दान सँकलन भएको छ । संस्थागत र ब्यक्तिगत गरि सो रकम सँकलन भएको हो । प्रदेश सरकार, मंगलसेन नगरपालिका, रामारोशन गाउपालिका, विभिन्न वडाको संस्थागत तर्फ १ करोड २९ लाख ५० हजार दान भएको हो भने ब्यक्तिगत रुपमा ४२ लाख ६० हजार ४ सय ७५ दान भएको छ ।

महायज्ञमा शेर बहादुर भण्डारिले सबैभन्दा बढी २ लाख ५१ हजार ब्यक्तिगत दान गर्नु भएको छ ।साथै लाल बहादुर सोडारिले १ लाख ५१ हजार, कटक सोडारिले १ लाख २१ हजार र भरत सोडारिले १ लाख ११ हजार १ सय १ ब्यक्तिगत दान गर्नु भएको थियो । महामहोत्सवमा साढे ३० रोपनी जग्गा क्याम्पसका नाममा दान भएको छ । जसमा बल बहादुर सोडारि, शिब सोडारि, कालु सोडारि, ईश्वर भण्डारी, प्रकाश भण्डारी, अशोक भण्डारी, प्रेम कुवर, नानकला सोडारि, अमृता सोडारि, सिता सोडारि, रामारोशन १ मलातिकोटका दान बहादर साउद, खगेन्द्र सोडारि, धनी सोडारिले जग्गा दान गर्नु भएको हो ।

महायज्ञमा कलश र सहयोग रकमको आर्थिक जोड्न बाकी रहेको कैलाश क्याम्पसका संञ्चालक समिती अध्यक्ष चक्र बहादु रावलले बताउनु भयो । महायज्ञमा रामारोशन गाउपालिका र विभिन्न वडा तथा व्यक्तिग हिसाबाट महत्वपुर्ण योगदान आएको कैलाश क्याम्पसका पुर्व क्याम्पस प्रमुख भरत सोडारिले बताउनु भयो । महायज्ञको प्रदेश नम्बर ७ सदस्य बल बहादुर सोडारिले समापन गर्नु भएको थियो । बैशाख ३१ गतेबाट सुरु भएको महामहोत्सवमा ईश्वरप्रेमि चैतन्य जि महाराजले कथाबाचन गर्नु भएको थियो ।