२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कालगाउमा भएको महायज्ञमा १ करोड ७२ लाख बढी दान सँकलन

८ जेष्ठ २०७५, मंगलवार १६:३३

कमल रावल | जेठ ८, अछाम | कैलाश शैक्षिक ज्ञान महायज्ञ तथा कालागाउ धार्मिक महामहोत्सव २०७५ मा १ करोड ७२ लाख १० हजार ७५ रुपैँया दान सँकलन भएको छ । संस्थागत र ब्यक्तिगत गरि सो रकम सँकलन भएको हो । प्रदेश सरकार, मंगलसेन नगरपालिका, रामारोशन गाउपालिका, विभिन्न वडाको संस्थागत तर्फ १ करोड २९ लाख ५० हजार दान भएको हो भने ब्यक्तिगत रुपमा ४२ लाख ६० हजार ४ सय ७५ दान भएको छ । 

महायज्ञमा शेर बहादुर भण्डारिले सबैभन्दा बढी २ लाख ५१ हजार ब्यक्तिगत दान गर्नु भएको छ ।साथै लाल बहादुर सोडारिले १ लाख ५१ हजार, कटक सोडारिले १ लाख २१ हजार र भरत सोडारिले १ लाख ११ हजार १ सय १ ब्यक्तिगत दान गर्नु भएको थियो । महामहोत्सवमा साढे ३० रोपनी जग्गा क्याम्पसका नाममा दान भएको छ । जसमा बल बहादुर सोडारि, शिब सोडारि, कालु सोडारि, ईश्वर भण्डारी, प्रकाश भण्डारी, अशोक भण्डारी, प्रेम कुवर, नानकला सोडारि, अमृता सोडारि, सिता सोडारि, रामारोशन १ मलातिकोटका दान बहादर साउद, खगेन्द्र सोडारि, धनी सोडारिले जग्गा दान गर्नु भएको हो । 


महायज्ञमा कलश र सहयोग रकमको आर्थिक जोड्न बाकी रहेको कैलाश क्याम्पसका संञ्चालक समिती अध्यक्ष चक्र बहादु रावलले बताउनु भयो । महायज्ञमा रामारोशन गाउपालिका र विभिन्न वडा तथा व्यक्तिग हिसाबाट महत्वपुर्ण योगदान आएको कैलाश क्याम्पसका पुर्व क्याम्पस प्रमुख भरत सोडारिले बताउनु भयो । महायज्ञको प्रदेश नम्बर ७ सदस्य बल बहादुर सोडारिले समापन गर्नु भएको थियो । बैशाख ३१ गतेबाट सुरु भएको महामहोत्सवमा ईश्वरप्रेमि चैतन्य जि महाराजले कथाबाचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता