२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वन मन्त्रालयमा किचलो: रिसको झोकमा मन्त्रीका पिएलाई सचिवले थुनाए

१० जेष्ठ २०७५, बिहीबार ०२:१३

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएको छ । लामो समयदेखी मन्त्रालयका मन्त्री र सचिवविच बोलचालै बन्द थियो । मन्त्रालयका मन्त्री नन्दसिंह बुढालाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आइएको आरोप लागेको थियो । तर बुधबार मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई सचिव झाले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएपछि मन्त्रालयभित्रको विवाद देखिनेगरी छताछुल्ल भएको हो ।

बुधबार दिउसो मन्त्रालयमा पुगेका स्वकीय सचिव बुढाले सचिव झालाई मन्त्रीको भ्रमण आदेश स्वीकृत गर्न फोन गरेका थिए । आफ्नै कार्यकक्षमा नभएका सचिवले रिसको झोकमा प्रहरी बोलाएर बुढासहित अन्य दुई जना सेवाग्राहीलाई प्रहरीले पक्राउ गरेको थियो । ‘बुधबार विवाद केही भएको हैन, म मन्त्रालयमा गएर मन्त्रालयकै ल्याण्डलाईन फोनबाट सचिवलाई भम्रण आदेश स्वीकृत गर्नु छ कार्यकक्षमा आउनुहोस् भनेको हुँ’ बुढाले भने,–‘१५ मिनेटपछि मन्त्रालयमा प्रहरी आएपछि सचिवलाई हातपात गर्ने को हो भन्दै मसहित अन्य दुई जना सेवाग्राहीलाई प्रहरीले जिप्रका ल्यायो ।’ स्रोतले दिएको जानकारी अनुसार यसअघि नै मन्त्रीसंगको विवादमा मुछिएका सचिव झाले रिसको आवेगमा बुढालाई पक्राउ गर्न लगाएको आरोप छ । मन्त्रालयको कार्य सम्पादनमा असहयोग गरेका झाले मन्त्री नभएको झोकमा मन्त्रीकै स्वकीय सचिवलाई पक्राउ गर्न लगाउनु गलत भएको स्रोतको ठहर छ । स्वकीय सचिव बुढाले मन्त्रालयमा आफू मात्रै गएको र अरु कोही व्यक्तिलाई नलिएको दावी गरे ।

मन्त्रीलाई सबै काममा सहयोग गरिरहेको बचाउँ गर्दै सचिव झाले बुधबारको घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए । ‘म मन्त्रालयको माथिल्लो तलामा अरु नै काम गर्दै थिए, तल हो हल्ला भएछ प्रहरीले उनीहरुलाई लगेछ’ सचिव झाले भने,–‘मन्त्रीको स्वीकय सचिव पक्राउ गर्न प्रहरीलाई फोन गरेकै छैन् ।’ सचिव झाका अंगरक्षकले ८÷१० जनाको समूह ल्याएर बुढाले हो–हल्ला गरेपछि प्रहरी आएर उनीहरुलाई लिएको बताए । प्रहरीले मन्त्रीका स्वकीय सचिवसहित अन्य दुई जनालाई पक्राउ गरेको छ । तर सचिव झा बुधबार दिउँसो नै जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रक्रिया अघि नबढाउन प्रहरीलाई जानकारी गराइसकेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी प्रमुख श्यामसिंह चौधरीले सचिव झाले बुधबार भएको विवाद बारे जानकारी गराएको र स्वकीय सचिव बुढासंग थप बुझेर विवाद सल्टाउने जानकारी दिए । ‘वास्तविक विवाद के हो भन्ने विषयमा बुझ्दैछु’ चौधरीले भने,–‘दुवै पक्षका कुरा सुनेर के गर्ने भन्ने विषयमा टुंगो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य