२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा कर नबुझाउने करदाता कारवाहीमा

१० जेष्ठ २०७५, बिहीबार ०८:५५

जेठ १० लहान | आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारवाही गरेको छ । 

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व कार्यालयले चालू आवको १० महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । 

सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र भएको आन्तरिक राजश्वले चालू आवमा रु एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा आव सकिन डेढ महिनामात्र बाँकी रहँदा रु एक अर्ब ४३ करोड ६० लाख ६१ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । 

चालू आवमा अन्तःशुल्कतर्फ रु ३८ करोड ५८ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु ४४ करोड २६ लाख ३० संकलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान