2026-09-14 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको आर्थिक मेरुदन्डको रुपमा रहेको एकमात्र पक्कीपुल जिर्ण बन्दै

लोकेन्द्र प्रशाद जोशी | जेठ ११, दार्चुला । दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका ९ गोकुलेश्वरमा रहेको दार्चुला र बैतडि जोड्ने १ सय २० मिटर लम्बाइको चमेलिया पुल दार्चुला जिल्लालाइ जोड्ने एकमात्र पक्की पुल हो । दार्चुला, बैतडी र बझाङका स्थानियले प्रतक्ष्य फाइदा लिइरहेको यो पुल २०५० सालदेखी निमार्ण कार्य सुरु भएर झन्डै १० करोड लगानिमा २०६० सालमा निमार्ण सम्पन्न भएको थियो । तत्कालीन माओबादी आन्दोलनका कारण निमार्ण कम्पनिले केहि निमार्ण कार्य अधुरै छोडेर गएको यो पुलको त्यसपछि बिधिवत उद्घाटन समेत नगरीएको स्थानिय सुरेश श्रेष्ठले बताए ।

त्रिदेशीय जिल्ला दार्चुलाकै एकमात्र मोटरेवल चमेलिया पुलले दार्चुला जिल्लाको आर्थीक बृद्धिमा टेवा पुर्याएको छ । देशका बिभिन्न स्थानबाट दार्चुला भित्रिने सयौ यातायातका साधनहरु यहि पुल भएर दैनिक भित्रिने र बाहिरीने गरेका छन । क्षमताभन्दा बढी र ठुला यातायातका साधनहरुको आवतजावतले पुल जिर्ण बन्दै गएको छ । पुलको बिच भागमा पिच बिग्रेर खाल्डाखुल्डी परेका छन । जिल्लाको आर्थीक मेरुपन्डको रुपमा काम गरेको यो पुल बन्दहुने अवस्था आयो भने दार्चुला जिल्ला पुन. दुर्गम बन्ने र बिकासमा धेरै पछाडि धकेलिने श्रेष्टको भनाइ छ ।

स्थानिय एबं प्रतक्ष्यदर्शीहरुले नियमित मर्मतसम्भारको अभाबमा यो पुल कमजोर बन्दै गएको बताएका छन । गतबर्ष पुलको मर्मत गरीएपनि गुणस्तरीय काम नहुदा पुन. तत्काल मर्मत गर्नुपर्ने देखीएको छ । पुलको मर्मतसम्भारको लागी राजनीतिक क्षेत्रबाट समेत पहल र सरोकारवाला पक्षलाइ दबाबको खाचो रहेको शैल्यसिखर नगरपालीका ९ का स्थानिय भुबन धामीले बताए ।  

जिल्लाको आर्थीक लगायत पुर्बाधार र यातायातको मेरुदन्डको रुपमा रहेको यो पुलको दिगोपनकालागी स्थानिय तह लगायत सरोकारवाला पक्षले भुमिका खेल्नु र मर्मतसम्भारमा सम्बन्धीत निकायले ध्यान दिनु जरुरी देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ