२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झण्डै १५ अर्बको बजेट कर्णाली सरकारको तयारी

११ जेष्ठ २०७५, शुक्रबार १६:२५

जेठ ११, सुर्खेत | कर्णाली प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्रालयले निर्धारित मितिमै बजेट प्रस्तुत् गर्ने भएको छ । झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी असार १ गते संसद्मा पेश गर्ने गरी तयारी भइरहेको बताए ।

बजेट निर्माण पूर्व प्रदेश सरकार र स्थानीय तहबीच वीरेन्द्रनगरमा भएको सुझाव संकलन कार्यक्रममा मन्त्री ज्वालाले बजेट संसदमा पेश भएकै दिन अख्तियारी जाने जानकारी दिए । ‘बिगतमा असोजसम्म पनि बजेट पास नहुने र विकास निर्माण प्रक्रियालाई ढिलो गराउने तथा पुँजीगत बजेट कार्यान्वयनमा समस्या आउने गरेको थियो’ मन्त्री ज्वालाले भने, ‘नयाँ आर्थिक वर्ष सुरु हुनु पूर्व नै बजेट पास गरिसक्ने र संविधानाको प्रावधान अनुसार अख्तियारी दिने तयारीमा छौं ।’ असार १ गते बजेट संसदमा पेश भएपनि कम्तिमा एक साताभित्रै बजेट पारित हुने उनको दावी छ ।

साउन र भदौमा प्रक्रियागत सबै तयारी गर्ने र असोजबाटै निर्माण कार्य शुरु गरेर विकास निर्माणको प्रभावकारी हुने अपेक्षा ज्वालाको छ । स्थानीय तहका जनप्रतिनिधिलाई बजेट तयारी गर्न सुझाएका मन्त्री ज्वालाले साउन र भदौ महिनामा सबै कागजी प्रक्रियाहरु सके जन अपेक्षाअनुसारका कामहरु सम्पन्न हुने बताए । ‘स्थानीय तह र प्रदेश सरकारबीच   नङ्ग र मासुको जस्तो सम्वन्ध कायम गर्नुपर्छ’ ज्वाला थपे, ‘हामीले यहाँहरुलाई पर्ने समस्या नीति नियम तथा कानुन बनाएर समाधान गर्नेछौं । प्रदेश समृद्धिको योजनामासहकार्य गरौं ।’ उनले हरेक स्थानीय तहले अर्गानिक कृषि क्षेत्र घोषणा गरी कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।


मन्त्री ज्वालाले कर्णाली प्रदेशको आन्तरिक राजश्व जम्मा २४ करोड भएको बताए । ‘हामीसँग प्रदेशबाट २४ करोड राजश्व उठ्ने गरेको छ’ मन्त्री ज्वालाले भने, ‘त्यो रकम आधा आधा बाँड्दा १२ करोड हुन्छ र त्यसमध्ये पनि ७९ स्थानीय तहलाई वितरण गर्दा के होला ? अब स्थानीय सरकारले आफैले आफ्नो आन्तरिक स्रोत बलियो बनाउने  गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख सचिव राम प्रसाद थपलियाले स्थानीय सरकारले पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा अमुल्य धन नामक पाँच क्षेत्र समेटेर बजेट बनाए समृद्धि टाढा नरहेको बताए । कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, रुकुम र सल्यानका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता आर्थिक  मामिला मन्त्रालयका सचिव ढुण्डिराज निरौलाले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य