2026-07-26 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्वाँख झरेको माउ जस्तै भयो कांग्रेसः शाही

जेठ १४, सुर्खेत | नेपाली कांग्रेस पार्टी प्वाँख झरेको माउजस्तो भएको प्रदेश सांसद जीवनबहादुर शाहीले बताएका छन् । आफ्नै पार्टीको चित्रण गर्दै शाहीले भर्खरै चल्ला कोरेको माउले चल्लालाई ओत दिएर संरक्षण गर्नुपर्ने ठाँउमा आफैँ प्वाँख झरेर संरक्षण गर्न नसक्ने अवस्थामा पार्टी पुगेको बताएका हुन् ।

नेपाल स्वास्थ्यकर्मी संघको सातौं जिल्ला अधिवेशनमा बोल्दै शाहीले अरुका कारण नभई आफ्नै कारणले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गरे । पार्टीका कार्यकर्ताहरुले एक अर्कामा दोषारोपण नगरी सबै तहका नेताहरुले निर्वाचन परिणामको जिम्मेवारी लिनुपर्ने शाहीको भनाई छ । माउपार्टी कमजोर हुँदा पार्टीका सबै संरचनाहरु कमजोर भयो । 

कांग्रेसजनहरुमा निराशा उत्पन्न भयो’ शाहीले भने,‘पार्टीलाई मजबुत बनाउन नेताहरु एक ढिक्का हुनुको विकल्प छैन् ।’  शाहीले आफु पर्यटन मन्त्री र गगन थापा स्वास्थ्य मन्त्रीहुँदा नै स्वास्थ्य स्वंयमसेविकाको जिविकोपार्जनलाई सहज तुल्याउन प्रयास गरिएको स्मरण गराए । ‘स्वंयकसेविकाको हितमा कार्यक्रम ल्याएपनि ९ महिनामै सरकार छोड्दा प्रयासले निरन्तरता पाएन’ शाहीले थपे,‘पछिल्लो सरकारले आफूहरुले ल्याएका कार्यक्रम ओझेलमा पार्दा स्वयंसेविकाको माग पुरा हुन सकेन् ।’ 

पार्टीको केन्द्रीय सदस्य समेत रहेका शाहीले प्रदेश भौगोलिक विकटताभन्दा जनसङ्ख्यालाई आधार बनाएर बजेट ल्याए कर्णाली प्रदेशको समृद्धि सम्भव नहुने दावी गरे ।  ञ्चहरुका कारण पञ्चायत ढलेको बताएका सांसद हिमबहादुर शाहीले कम्यूनिष्टहरुकै कारण कम्यूनिष्टको सरकारको पतन हुने दावी गरे । पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले अरुलाई सम्मान गर्न सिके काँग्रेसलाई घाटा नहुने बताए । उनले यो प्रदेशबाट निर्वाचित भएका आफ्ना पार्टीका सासंदहरु को–को हुन भनेर चिन्ह समेत कुनै कार्यक्रमको आयोजना गर्न नसक्नु सुर्खेत काँग्रेसको कमजोरी भएको आरोप लगाएका विष्टले आफूले झुकेर सम्मान गरे अरुलेपनि आफुलाई सम्मान गर्ने पाठ सिकाए । 

स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष राजेश बुढाले आफ्नो कार्यकालको प्रतिवेलन पेश गरेका थिए । उद्घाटन सत्रमा स्वास्थ्य पत्रकार समुहका अध्यक्ष श्रीधर पौड्याल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो  । अधिवेशनमा प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ, अमृता शाही, झोवा विक, पूर्व स्वास्थ्य राज्मन्त्री खड्ग बस्याल, जिल्ला समन्वय समितिका प्रमुख छविलाला सिग्देल, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, स्वास्थ्यकर्मी संघका उप–महासचिव किरण वली, पञ्चपुरीका मेयर उपेन्द्र्र थापा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ