जेठ १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७२ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २९ पैसा र विक्रिदर २९ रुपैयाँ ४६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र विक्रिदर २७ रुपैयाँ १७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ८५ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।