2026-10-23 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा सर्वाधिक धुम्रपान गरिने पाँच देशहरू कुन-कुन ?

जेठ १७, काठमाडौँ (बिबिसी सहयोगमा) | धुम्रपान स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने कुरा चुरोटकै बट्टामा देखाइने दृश्यले नै बताउँछ तर विश्वमा धुम्रपान नगर्ने देश छैन । जतिसुकै चेतनशील र शिक्षित देशमा पनि धुम्रपान हुने गरेको छ ।

विश्वभरी दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एक अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो । 

‘पब्लिक हेल्थ फ्रान्स’का अनुसार  फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूमपान नगर्ने गरेको देखिएको छ । 

तल धूमपान बढी र कम हुने देशहरू तल केहि चर्चा गरिएको छ ।

१) किरिबाटी

विश्वमै सबैभन्दा बढी धुम्रपान हुने देशमा टापु देश किरिबाटी गनिन्छ । यो देशको जनसंख्याको दुईतिहाई पुरुष र एकतिहाइभन्दा बढी महिलाहरु चुरोटको सेवन गर्छन । त्यसोत यो देशको जनशंख्या एक लाख तीन हजार मात्र रहेको छ । तो देशमा चुरोटमा कम कर लगाइएको कारण पनि धेरैले धुम्रपान सेवन गर्छन ।

२) मोन्टिनिग्रो

पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ । यहाँका ४६ प्रतिशत मानिस धूमपान गर्छन् । उक्त बाल्कन देशको जनसंख्या ६ लाख ३३ हजार रहेको छ । त्यहाँ एक जना वयस्क व्यक्तिले प्रतिवर्ष चार हजार एक सय २४ चुरोटका खिल्ली सेवन गर्छन् ।

३) ग्रीस

ग्रीस तेस्रो बढी धूमपान हुने देशको रुपमा गनिन्छ । यो देशको आधा भन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धूम्रपान गर्छन् । यस देशमा चुरोटको तस्करी हुने गर्छ । एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टर्न्याश्नलले सन् २०१९ देखि एथेन्सले बर्सेनि एक अर्ब युरो राजव गुमाउने अनुमान गरेको छ।

४) पूर्वी टिमोर

पूर्वी टिमोर विश्वमा धूमपानको उच्चदर भएको देशमध्ये एउटा हो । त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो । तर यहाँ धूम्रपान गर्ने महिलाको संख्या भने जम्मा ६ प्रतिशत मात्रै छ । यो देशमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ ।

५) रुस

रुस पाँचौ धेरै धूमपान गरिने देशमा पर्छ । यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धूमपान गर्छन् । रुसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ।

पुरुषभन्दा बढी महिला धूमपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो । त्यहाँ १९ प्रतिशतभन्दा बढी महिलाहरू धूमपान गर्छन् भने धूमपान गर्ने पुरुषको प्रतिशत १८.९ छ ।

उच्च संख्यामा महिला धूमपानकर्ताहरू युरोपमा छन् । तर महिला र पुरुष धूमपानकर्ताबीचको संख्यामा सानो अन्तर छ। धूमपानका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारणले बर्सेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान गर्ने १ अर्ब १० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिसहरू कम तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन्।

ब्रिटिश अमेरिकन टोबाको नामक एउटा बहुराष्ट्रिय कम्पनीका अनुसार विश्व सुर्तीबजारको मूल्य ७ खर्ब ७० अर्ब डलर रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने