२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा सशस्त्र प्रहरीद्वारा बाटो निर्माण

१८ जेष्ठ २०७५, शुक्रबार ०२:४८

जेठ १८, दार्चुला | सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ । 

चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल गाउँभन्दा ५०० मिटर माथि रहेको उक्त विद्यालयसम्म जाने बाटो भत्केको तथा निकै साँघुरो भएका कारण सानासाना विद्यार्थीलाई हिँडडुल गर्न समस्या भएको थियो । 

सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, महिला र विद्यालयका शिक्षक एकजुट भएर बिहीबार उक्त बाटोलाई फराकिलो पार्नुका साथै विद्यार्थीलाई सहजै हिँडडुल गर्नसक्ने गरी निर्माण गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बल, चमेलिया जलविद्युत् आयोजना सुरक्षा वेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिएर ५०० मिटर बाटो निर्माण गरेको उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले आम नगरिकको सुरक्षा, ठूलठूला आयोजनाको सुरक्षा गर्नुका साथै सामाजिक कार्यसमेत गर्ने गरेको गुल्मपति जोशीले बताउनुभयो । 

उक्त विद्यालयसम्म जाने बाटो निकै साँघुरो र भत्केका कारण विद्यार्थी जोखिम मोलेर विद्यालय जाँदै आएका थिए । बाटो निर्माण भएसँगै सो विद्यालयका शिक्षक, विद्यार्थी, तथा अभिभावकलाई हिँडडुल गर्न सहज भएको छ । सशस्त्र प्रहरीले विद्यालयसम्म जाने बाटो निर्माण गरी सामाजिक कार्य गरेको भन्दै सो क्षेत्रका स्थानीय खुशी भएका छन् । 

चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै आयोजनाको सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी बलले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो