८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमबाट यादव र राईको मन्त्रालय टुंगो लाग्यो, सपथ ३ बजे

१८ जेष्ठ २०७५, शुक्रबार ०८:२५

जेठ १८, काठमाडौँ | केपी ओली नेतृत्वको सरकारमा फोरमका दुई मन्त्रीले केहि बेरमा सपथ लिंदैछन् । फोरम सरकारलाई सहभागी भएसंगै दुई मन्त्रालयमा सहमति भएको छ । 

सहमति अनुसार अब उपेन्द्र यादव स्वास्थ्य मन्त्री  बन्नेछन् भने फोरमकै अर्का नेता मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बन्ने भएका छन् । नव नियुक्त मन्त्रीहरुलाई आज दिउसो ३ बजे शीतल निवासमा सपथ खुवाउने कार्यक्रम छ । 

प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी– २ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए भने राई बाँके– २ बाट निर्वाचित भएका थिए । साथै दुवै नेताले यसअघि मन्त्रालय सम्हालेको अनुभव छ । यस अघि यादवले दुई पटकसम्म परराष्ट्रमन्त्री सम्हालेका थिए भने राईले श्रम मन्त्री सम्हालेका थिए । 

दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको थियो । सहमतिअनुसार पहिलो मुख्य सहमतिमा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ भन्ने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड