८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को सरकार परिवर्तन होला ? यस्तो छ भीत्री कुरा

१९ जेष्ठ २०७५, शनिबार ०३:४९

जेठ १९, काठमाडौं | संघीय सरकारमा फोरमले स्थान लिएसंगै प्रदेश २ मा राजपा र फोरमको दुरी बढेको छ । यस संगै प्रदेश २ मा सरकार के हुन्छ भन्ने सबैको चासोको बिषय बनेको छ । अहिले प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन सरकार भएकैले अब पुरानो गठबन्धनको सरकार के हुन्छ भन्नेमा आशंका पैदा भएको हो । 

त्यसोत केहि दिन अघि नेकपाले समेत प्रदेश २ को सरकारसँगको समर्थन फिर्ता लिईसकेको अवस्था छ । प्रदेश २ मा अहिले सबैभन्दा बलियो प्रतिपक्षको रुपमा नेकपा रहेकाले पनि मधेस गठबन्धन सरकारलाई अफ्ट्यारो छ, त्यसमा पनि फोरम केन्द्रीय सरकारमा आएको कारण प्रदेश २ मा नेकपाको प्रतिपक्षी स्थिति अझै बलियो बनेको छ । फोरम आफैले प्रदेश २ का मुख्यमन्त्रीलाई हटाउन चाहेको राजनीतिक वृत्तमा चर्चा चलेको बिषय छ । अहिले फोरमकै लालबाबु राउत प्रदेश २ मा मुख्यमन्त्री छन् । 

तर के पनि कुरा छ भने केन्द्र सरकारमा जे–जस्तो राजनीतिक परिवर्तन देखिए पनि वा फोरम सामेल भईसकेको भएपनि बिबिध कारण प्रदेश २ को सरकार परिवर्तन नहुने देखिएको छ । अहिलेसम्म फोरम र राजपाको समीकरणबाट प्रदेश २ मा सरकार बनेको छ । नेकपाले समर्थन फिर्ता लिएपछि अहिले प्रदेश २ मा फोरमका २९, राजपाका २५ र स्वतन्त्रका दुई गरी ५६ जना प्रदेश सभा सदस्यको समर्थन छ । यहाँ बहुमतका लागि ५४ सिट मात्र भए पुग्छ । जुन राजपा र फोरमको सिट बराबरको अनुपात हो । यदी राजपाले समर्थन फिर्ता लिएको खण्डमा प्रदेश २ मा नेकपाको समर्थनमा सरकार बन्छ । यहाँ नेकपाको ३१ सिट र फोरम २९ सिट जोड्दा ६० सिट सहितको सरकार बनाउन सक्छ । यहाँ राजपाले समर्थन नगरेको खण्डमा नेकपासँग मिलेर सरकार बनाउनुको बिकल्प छैन । किनकी यहाँ कांग्रेसको १९ सिट मात्र छ । त्यसो त राजपाको २५ सिट मात्र हुँदा नेकपा वा फोरमबाहेकसँग मिलेर सरकार बनाउने बिकल्प पनि छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड