२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनका नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

२०७५, २० जेष्ठ आईतवार १०:२८

जेठ २० मड्रिड | स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्नुहुने भएको छ । 

निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बन्नुभएको हो । 

निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । 

समाजवादी नेता नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुनुहुन्छ । तर उहाँलाई सरकार सञ्चालनको अनुभव भने छैन । 

स्थानीय समयानुसार उहाँले बिहान ११ बजे राजा फेलिपे छैठौंको अगाडी मड्रिडमा रहेको राजदरबारमा सपथ लिने कार्यक्रम रहेको छ । 

स्पेनमा निकै प्रभावशाली नेता मानिनुहुने ६३ वर्षीय राजोए गत सन् २०११ देखि राज्यको शक्तिमा हुनुहुन्थ्यो । 

उहाँका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । 

विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ । 

उहाँको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए । 

सोसलिस्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीले पनि पेड्रोलाई मतदान गरेका छन् । 

उहाँले आफू वार्तामार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताउनुभएको छ । 

स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिनुभएको छ ।(रासस/एएफपी)

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल