१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेट कार्यान्वयनमा चुनौती

२० जेष्ठ २०७५, आईतवार १०:४६

जेठ २० काठमाडौँ | आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको आधार निर्माणका लागि आधार वर्ष तयार गरेको बताउनुभएको हो । 

बजेटमा आएका कतिपय कार्यक्रम महत्वकांक्षी भएको भन्दै उहाँहरुले बजेटले अगाडि सारेका कतिपय कार्यक्रम कार्यान्वयनमा चुनौती भएको धारणा व्यक्त गर्नुभएको हो । 

सांसद कमला रोकाले आर्थिक समृद्धिका लागि सरकारले प्रस्तुत गरेको बजेट समाजवाद उन्मुख रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । सांसद रामवीर मानन्धरले जनमतको कदर गर्दै बजेट आएकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सकारात्मक सहयोगको जरुरी रहेको बताउनुभयो । 

सांसद गगनकुमार थापाले बजेट नीति तथा कार्यक्रमभन्दा सुधार र सावधानीपूर्ण तवरले आएको टिप्प्णी गर्दै भन्नुभयो, “थैली हेरेर निर्धारण गरिएको बजेटमा स्पष्टता र मार्गदर्शनको अभाव खड्किएको छ । कार्यान्वयनमा समस्या आउँछ ।” 

पूर्वाधारमा रकम छरिएकाले परिणाम दिनेमा शंका व्यक्त गर्दै उहाँले विभिन्न क्षेत्रमा कर बढाइँदा विदेशी लगानी भित्र्याउन समस्या हुनेमा जोड दिनुभयो । सांसद थापाले बजेटमा सिर्जनशीलता र स्पष्टताको अभावसमेत बजेटमा रहेको आरोप लगाउनुभयो । 

सांसद नवीना लामाले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट आएको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । 

सांसद प्रदीप गिरीले आत्मनिर्भर अर्थतन्त्र मुलुकलाई चाहिएको भन्दै वर्तमान सरकारले प्रस्तुत गरेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषयबाट त्यसको प्रभावकारिताको मापन हुने बताउनुभयो । 

सांसद लीला श्रेष्ठले बजेटले आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको भन्दै ऊर्जा, कृषि, हवाई क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । 

सांसद देवप्रसाद तिमिल्सिनाले निर्वाचनमा वाम गठबन्धनले गरेको प्रतिबद्धताअनुरुप बजेट नआएको भन्दै सरकारको आलोचना गर्नुभयो । 

सांसद पार्वता डिसीले संघीयताको मर्म र भावनाविपरीत बजेट आएको भन्दै कम्युनिष्ट सरकारले अल्पसंख्यक, आदिवासी, जनजाति, महिला, दलित कोही कसैलाई पनि नछोएको भन्दै आलोचना गर्नुभयो । 

सांसदहरु समिना हुसेन, अतहरकमाल मुसलमान, मोहन आचार्य, तुलसा थापा, रंगमती शाहीले बजेटले अगाडि बढाएका कार्यक्रम केही सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो । 

देशका आर्थिक आधार तयार गर्नका लागि बजेट महत्वपूर्ण भएको भन्दै उहाँहरुले बजेटले रोजगारीको सिर्जना र निर्यात प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’ कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर साफ महिला च्याम्पियनसिपमा उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी आज काग तिहार मनाइँदै, यमदीपदान पनि आजै आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाँदा यी सामान बोक्न नपाइने ६० लाख लगानीमा बनेको गीतको भिडियो सार्वजनिक (भिडियो) जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो प्रचण्डसहित माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजुरी राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा भारतीय विमानहरूलाई बमले उडाउने धम्की दिने व्यक्तिको खुल्यो पहिचान ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : उपसभापति अर्याल विष्णु रिजालको दाबी- डीपी अर्याल र सन्तोष परियार बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट)