सङ्लो नेपाल

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सङ्लो नेपाल

२०८३, १८ बैशाख शुक्रबार
बर्दिया - BRD

धर्मानन्द भट्टको बेजोड कविता : सङ्लो नेपाल

२०७५, २० जेष्ठ आईतवार १२:२१

सङ्लो
नेपाल


                    धर्मानन्द भट्ट

 दानी
स्वान्तसुखाय होस् जुगजुगौँ होस् स्वाभिमानी अनि

धीरोदात्त,दिमागदार जगमा झन् भाग्यमानी पनि ।

फालोस्
द्वैष र भोलिवाद घरले माया फुलाऊँ भनी

गर्ने
होस् सहयोग दान डबली नेपाल सङ्लो बनी ।

               

मायावाद
बढोस् घटोस् कलुशता मानो भकारी झरोस्

होस्
आकर्षित ऐतिहासिक थलो धर्मात्म बत्ती बलोस् ।

वृक्षारोपण
होस् पहाड सबमा आदर्श माटो खनी

सच्चा
भाव बगोस् नसारगतमा नेपाल सङ्लो बनी ।।

             २

मेरो
देश अखण्ड होस् युगयुगौँ आक्रान्त कैले नहोस्

ऊहापोह
अशान्ति अक्षर असत् आजै उदाङ्गो हओस् ।

देशात्मा
हिमशैलझैँ अमर होस् पीडा नलागोस् शनि

गीताबाट
हितोपदेश बटुलोस् नेपाल सङ्लो बनी ।।

             ३

यो
माटो शिरमाथि चन्दन बनी शोभा बढाओस् कतै

छात्रावास
बनोस् सधैँ छवि छरोस् तीर्थालु डाकोस् यतै ।

फेवा,टौैदह,बेगनास,तिलिचो,रारा दिऊन् रोशनी

हामीमा
मन एकता भइरहोस् नेपाल सङ्लो बनी ।। 

             

नेपाली
घर यो कलालय बनोस् हामी कलाविद् बनौँ

हाम्रो
आँगनमा कदापि असिना वर्षिन्न हामी भनौँ ।

पूर्वाधार
विकासका अब खनौँ आमा हँसाऊँ भनी

नेपाली
मनमा यही उदय होस् नेपाल सङ्लो बनी ।।

               

प्रेमालाप
गरी फटाफट हिँडोस् लोकोपकारी बनोस्

छोडोेस्
राग सबै प्रदीपक बनोस् सत्बुद्धि छर्नुस् भनोस् ।

लज्जाबोधविना
विनोद लिपिका छौँ बुद्धिमानी भनी

हर्षोेल्लास
भई सदाशय भरोस् नेपाल सङ्लो बनी ।।

                 

यै
श्रीखण्ड
,जटामसी र त्रिफला छन् पाँचऔँले कति

यो
आजीवन औषधालय बनोस् जम्मै हुने ओखती ।

कोषागार
सदैव देख्छ दुनियाँ देख्दै छु त्यस्तै म नि

बाँझा
खेत फुलून् दिऊन् फल यसै नेपाल सङ्लो बनी ।।

                 ७

आँखीझ्याल
अगाध टावर झनै ताँती मिलेका शिर

खेल्नैपर्छ
नि भूमिका तन छँदा यो राष्ट्रको खातिर ।

जीर्णोेद्वार
उठूून् कटाक्ष किचलो भागून् डराई पर

छायावाद
डरोस् हटोस् विषमता नेपाल सङ्लो घर ।।    

               

 

ठेगाना       : ढाकारालेकम गाउँपालिका-२,दार्चुला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै