८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

२० जेष्ठ २०७५, आईतवार १२:३४

जेठ २०,काठमाडौँ ।  नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ ।

मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि २२ गते नेपालमा आयोजना गर्न सम्बन्धित सदस्य राष्ट्रसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

त्यसका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सन् १९९७ जुलाइमा स्थापना भएको बिम्स्टेकका सदस्य राष्ट्रमा नेपाल, वंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । व्यापार र लगानी, प्रविधि, यातायात, पर्यटन, कृषि, सांस्कृति आदानप्रदान, वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण, आतंकवाद नियन्त्रण तथा सदस्य राष्ट्रका जनताबीचको सम्बन्ध विस्तारका लागि सामूहिक प्रयास गर्ने बिम्स्टेको मुख्य उद्देश्य रहेको छ । नेपाल अहिले बिम्स्टेकको अध्यक्ष राष्ट्र रहेको छ । 

सरकारले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन, अध्यागमन तथा कारागार कार्यालयको संगठन संरचना र कर्मचारीको दरबन्दी स्वीकृत गरेकाले आगामी दिनमा ती कार्यालयबाट सेवा प्रवाहमा सहजता आउने मन्त्री बाँस्कोटाले बताउनुभयो । 

मन्त्रिपरिषद्ले काठमाडौँ–तराई–मधेश दू्रतमार्ग (फाष्ट ट्रयाक) सडक आयोजना सञ्चालन कार्यविधि २०७५ लाई स्वीकृत गरेको छ । आयोजनालाई छिटो अघि बढाउने सन्दर्भममा विभिन्न निर्देशक समिति बनाएर अनुगमनलाई चुस्त तुल्याउने विषय पनि उक्त कार्यविधिमा परेको छ । 

गत वैशाखमा शुरु गरिएको विद्यार्थी भर्ना अभियानबाट अहिलेसम्म विद्यालय आउन नसकेका तीन लाख १३ हजार विद्यार्थीमध्ये अहिले अभियानपछि ६९ हजार विद्यार्थी विद्यालय बाहिर रहेकामा त्यसमध्ये प्रदेश नं २ मा ठूलो संख्या रहेका हँदा फेरि एकपटक दोस्रो चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसले हाम्रा बालबालिकालाई विद्यालयमा ल्याउने निर्णय भएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । 

सरकारले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले प्रशासकीय अदालतका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ