जिल्लाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाक"/>

2026-07-06 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सबै स्थानीय तहमा तरुण दलको प्रशिक्षण सम्पन्न

2018-06-04

नरी बडु/जेठ २१, बैतडी | कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण र संगठन विस्तार कार्य सम्पन्न गरेको छ । 


जिल्लाका १० ओटै स्थानीयतहमा पहिलो चरणको तरुण कार्यकर्तालाई प्रशिक्षण दिने र संगठन विस्तार गर्ने कार्य सम्पन्न भएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष एवं प्रवक्ता महेश भट्टले जानकारी दिए । 

नेपाली कांग्रेसमा यूवाहरुलाई आवद्ध गराउनका लागि र नेपाली कांग्रेसको नीति तथा सिद्धान्तका बारेमा गाउँगाउँमा जानकारी दिनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताए । स्थानीयस्तरबाटै सरकारले गरेका हरेक कामको खबरदारी गर्ने, स्थानीयतहले गरेका राम्रा काममा सहयोग गर्दै गलत क्रियाकलाप रोक्नका लागि तरुण दलले पहल थाल्ने जनाइएको छ । तरुणहरुलाई संगठित गर्दै उद्यमशीलतामा अग्रसर गराउन पहल थाल्न जिल्लामा प्रशिक्षण, भेटघाट, संगठन विस्तार कार्यक्रम गरिएको नेपाल तरुण दल बैतडीले जनाएको छ । “मेरो पुस्ताले व्यग्ररुपमा मुलुकलाई समृद्ध राष्ट्रको रुपमा देख्न चाहेको छ । मेरो सचेत पुस्ताले बुझेको छ, उत्तेजक भाषणले अव देशको उन्नती हुने देखिदैन । नेतृत्वको अनुहारले नागरिकहरुको अभावपूर्ण र दुःखपूर्ण जिन्दगीलाई सम्झेन । सम्बेदनाहीन नेतृत्व अव मेरो पुष्ता सहेर बस्न सक्तैन ” जस्ता साहित्य मिसिएका आक्रामक शब्द शैलीमा दरुणदलका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको उपाध्यक्ष भट्टले बताए । 

यस्ले युवा पुस्तालाई काग्रेप्रति आक्रषित गर्ने आशा गरिएको छ ।  यसैबीच तरुणदलको प्रशिक्षण र संगठन विस्तार कार्यक्रम आज बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा समाजमा रहेका कुप्रथा र गाँउमा मौलाउनसक्ने भ्रष्टाचार अन्त्य गर्न स्थानीय सरकारलाई खबरदारी गर्ने लगायतका कुरा सिकाईउका छन् । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति तेजबहादुर चन्दले लोकतन्त्रको रक्षा र देशको समुन्नतीका लागि यूवाहरुले कांग्रेसमा आवद्ध हुनुपर्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रममै अशोकबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय शिवनाथ गाउँपालिकास्तरीय तदर्थ समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो