जिल्लाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सबै स्थानीय तहमा तरुण दलको प्रशिक्षण सम्पन्न

२१ जेष्ठ २०७५, सोमबार ०६:००

नरी बडु/जेठ २१, बैतडी | कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण र संगठन विस्तार कार्य सम्पन्न गरेको छ । 


जिल्लाका १० ओटै स्थानीयतहमा पहिलो चरणको तरुण कार्यकर्तालाई प्रशिक्षण दिने र संगठन विस्तार गर्ने कार्य सम्पन्न भएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष एवं प्रवक्ता महेश भट्टले जानकारी दिए । 

नेपाली कांग्रेसमा यूवाहरुलाई आवद्ध गराउनका लागि र नेपाली कांग्रेसको नीति तथा सिद्धान्तका बारेमा गाउँगाउँमा जानकारी दिनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताए । स्थानीयस्तरबाटै सरकारले गरेका हरेक कामको खबरदारी गर्ने, स्थानीयतहले गरेका राम्रा काममा सहयोग गर्दै गलत क्रियाकलाप रोक्नका लागि तरुण दलले पहल थाल्ने जनाइएको छ । तरुणहरुलाई संगठित गर्दै उद्यमशीलतामा अग्रसर गराउन पहल थाल्न जिल्लामा प्रशिक्षण, भेटघाट, संगठन विस्तार कार्यक्रम गरिएको नेपाल तरुण दल बैतडीले जनाएको छ । “मेरो पुस्ताले व्यग्ररुपमा मुलुकलाई समृद्ध राष्ट्रको रुपमा देख्न चाहेको छ । मेरो सचेत पुस्ताले बुझेको छ, उत्तेजक भाषणले अव देशको उन्नती हुने देखिदैन । नेतृत्वको अनुहारले नागरिकहरुको अभावपूर्ण र दुःखपूर्ण जिन्दगीलाई सम्झेन । सम्बेदनाहीन नेतृत्व अव मेरो पुष्ता सहेर बस्न सक्तैन ” जस्ता साहित्य मिसिएका आक्रामक शब्द शैलीमा दरुणदलका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको उपाध्यक्ष भट्टले बताए । 

यस्ले युवा पुस्तालाई काग्रेप्रति आक्रषित गर्ने आशा गरिएको छ ।  यसैबीच तरुणदलको प्रशिक्षण र संगठन विस्तार कार्यक्रम आज बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा समाजमा रहेका कुप्रथा र गाँउमा मौलाउनसक्ने भ्रष्टाचार अन्त्य गर्न स्थानीय सरकारलाई खबरदारी गर्ने लगायतका कुरा सिकाईउका छन् । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति तेजबहादुर चन्दले लोकतन्त्रको रक्षा र देशको समुन्नतीका लागि यूवाहरुले कांग्रेसमा आवद्ध हुनुपर्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रममै अशोकबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय शिवनाथ गाउँपालिकास्तरीय तदर्थ समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक