८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी संगठनको हड्तालले देशभरका शिक्षण संस्था प्रभावित

२१ जेष्ठ २०७५, सोमबार ०७:३३

जेठ २१, काठमाडौँ । साना दलका विद्यार्थी संगठनको शैक्षिक हड्तालले सोमबार देशभरका शिक्षण संस्था ठप्प भएका छन् ।

निजी विद्यालयले बढाएको भर्ना र मासिक शुल्क फिर्ता गर्नु पर्नेलगायतका माग राखेर सत्तारूढ संघीय समाजवादी फोरमसहितका पार्टीका विद्यार्थी संगठनले हड्ताल गरेका हुन् ।

हड्ताल गर्नेमा नयाँ शक्ति नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत ८ दलका विद्यार्थी संगठन छन् ।

हड्तालले देशभरका निजी विद्यालयमा पढाइ ठप्प भएको निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन) का अध्यक्ष विजय सम्वाहाम्फेले बताए ।

`विद्यालय पुरै ठप्प भयो । हामीले अस्वभाविक शुल्क लिएको पनि छैन´ उनले भने। शुल्क वृद्धिका विषयमा यसअघि ठूला दलका विद्यार्थी संगठनले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

शिक्षा मन्त्रालयले ठूला दलका विद्यार्थी संगठनसँग वार्ता गरेको थियो। मूल्य समायोजन गर्ने सहमति भएपछि ठूला विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएका थिए । वार्तामा साना दलका विद्यार्थी संगठनलाई भने बोलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ