2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपाली जनताले भोकै मर्नु पर्दैन: प्रधानमन्त्री

जेठ २१, हटौँडा | प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । 

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।” 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।” 

हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उहाँले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गर्नुभयो । 

छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उहाँले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्णरुपमा आर्थिक समृद्धिको उचाइमा पु¥याउनेछ भन्नुभयो । 

जनताले मन पराउने काम गर्नुस् 

प्रधानमन्त्री ओलीले जनताले मन पराउने गरी काम गर्न सम्पूर्ण प्रदेश सांसदलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “जनताले मन पराउने गरी काम गर्नुस्, मन नपराउने काम नगर्नुस्, जनताप्रति उत्तरदायी हुने गरी काम गर्नुस् ।” 

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनतासँग टाढाबाट नभई नजिकबाट हेर्न आग्रह गर्दै “नजिकबाट जनताले हेर्दा जनप्रतिनिधि धब्बारहित हुनुपर्छ”, भन्नुभयो । 

नेपालबाट निरक्षरता अन्त्य गर्ने 

मुलुकबाट निरक्षरताको अन्त्य गरिन्छ, उहाँले भन्नुभयो, “अहिले सुन्दा कतिपय कुरा काल्पनिकजस्तो लाग्न सक्छ, अब निरक्षर भनेको पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा मात्र हुनेछन्, नेपालबाट निरक्षरताको अन्त्य गर्नुपर्छ ।” 

प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा पाँचदेखि १२ लाख विद्यार्थी विद्यालय बाहिर भएको अवस्थामा जुम्लाबाट साक्षरता अभियान शुरु गरेपछि हाल करीब ५९ हजारमात्र विद्यालय बाहिर विद्यार्थी रहेको उल्लेख गर्दै अर्को आर्थिक वर्षमा बाँकी छुटेका विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्ने बताउनुभयो । 

उहाँले आगामी असार १५ सम्म विद्यालय भर्नाको दोस्रो चरणको अभियान शुरु गरेको हुँदा यो अभियानले पनि धेरै विद्यार्थीलाई समेट्ने विश्वास व्यक्त गर्नुभयो ।  

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ 

प्रधानमन्त्री ओलीले सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिदैं जनताका लागि काम गर्ने प्रणालीको विकास भएको हुँदा अब मुलुकमा सुशासन जरुरी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुशासनका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्छ, भ्रष्टाचार आफू पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ, गरेको थाहा पाएँ भने अनुहार हेर्दिनँ, चाहे आफ्नो पार्टीको होस् वा अर्को पार्टीको होस् ।” 

प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

‘मुलुक उत्पादनमुखीभन्दा उपभोगमुखी भयो’ 

विशेष सम्बोधनमा उहाँले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।” 

कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताउँदै उहाँले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको धारणा व्यक्त गर्नुभयो । 

अब अधिकार सम्पन्न सरकारहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका ओलीले अनावश्यक रुपमा नचाहिने चिजहरुको पनि आयात भइरहेको र भ्रमपूर्ण पेय पद्धार्थ र जङ्क फुटमा अल्झिएर स्वास्थ्य तथा उपभोक्तामुखी भएर ठूलो घाटा भएको बताउँदै अरबका मुलुकले तेल बेचेजस्तै हाम्रो देशले तरकारी र फलफूलको राम्रो निर्यात गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । 

हेटाँैडामा कपडा कारखाना चलाउने 

हेटाँैडामा बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको छ, उहाँले भन्नुभयो, “कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।” 

प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औधोगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको छ भन्नुभयो । 

उहाँले धार्मिक, प्राकृतिक, ऐतिहासिक, हिमाल, अनौठा जीवजन्तु नेपालमा रहेको उल्लेख गर्दै यी प्रचुर सम्भावनाहरुको सदुपयोग गर्न सक्यौ भने मुलुकको समृद्धि सुनिश्चित छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग