2026-07-06 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र जिवितै, जेठ २९ गते बिशेष बैठक बोलाईयो

जेठ २२, काठमाडौँ | गत जेठ ३ गते बिहिबारका दिन तात्कालिन एमाले र माओवादी केन्द्र पार्टी एकता सम्पन्न भएपछी सिद्धिएको भनिएको माओवादी केन्द्र जिवितै रहेको एक नेताले जानकारी दिएका छन् | पार्टी एकता भएकै दिन बेलुका राष्ट्रिय सभागृहबाट दुई अध्यक्षले अब पार्टी एकतासंगै एमाले र माओवादी केन्द्र सकिएको उद्घोष गरेपनि माओवादी केन्द्रको बृहत बैठक जेठ २९ गते डाकिएको छ | 

तात्कालिन एमाले-माओवादी केन्द्र पार्टी एकतासंगै नेकपा नाम राखेर निर्वाचन आयोगमा पार्टी दर्ता प्रस्ताव भएको अवस्थामा रहँदा एकाथरी माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रका केहि नेताहरु तात्कालिन एमालेसँग मिल्न गएको निष्कर्ष निकाल्दै माओवादी केन्द्र छाडेर एकतामा गएकाहरुलाई हटाएर नयाँ नेतृत्व सहित अगाडी बढ्ने तयारीमा छन् | 

नेकपा माओवादी केन्द्रलाई नयाँ नेतृत्व सहित पार्टी र त्यसले चलाएको आन्दोलनलाई निरन्तरता दिन, जनयुद्ध र जन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न भन्दै भविसोर पराजुलीको संयोजनमा छलफलहरु जारी रहेको स्रोतले जनाएको छ | पराजुली गत निर्वाचनमा माओवादी केन्द्रबाट नवलपुर १ का प्रतिनिधि सभा उम्मेदवार समेत हुन् | 

बिशेष सुत्रका अनुसार माओवादी केन्द्रलाई अगाडी बढाउने नेतृत्वको कमाण्ड भने तात्कालिन माओवादी केन्द्रबाट कारवाहीमा परेका गोपाल किरातीले लिंदैछन् | जुन अभ्यासमा तात्कालिन नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यहरु, सचिवालय सदस्यहरु, पोलिटब्युरो सदस्यहरु र महाधिवेसन आयोजक समिति सदस्यहरुको बहुमतको उपस्थिति हुने गरि जेठ २९ गते बैठक बोलाइएको छ | 

स्रोतले दिएको जानकारी अनुसार माओवादी केन्द्रलाई पार्टीकै रुपमा अगाडी बढाउने अभ्यासमा एकता अघिका बिरोधिहरु र नेकपा बनेपछि असन्तुष्ट भएकाहरु छन् | जेठ २९ गते बोलाईएको नेकपा माओवादी केन्द्रको बैठकमा चार हजार भन्दा बढी महाधिवेसन आयोजक समितिमध्ये बहुमत सदस्य माओवादी केन्द्रमै रहेको दावी स्रोतले गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो