८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र जिवितै, जेठ २९ गते बिशेष बैठक बोलाईयो

२२ जेष्ठ २०७५, मंगलवार १०:०४

जेठ २२, काठमाडौँ | गत जेठ ३ गते बिहिबारका दिन तात्कालिन एमाले र माओवादी केन्द्र पार्टी एकता सम्पन्न भएपछी सिद्धिएको भनिएको माओवादी केन्द्र जिवितै रहेको एक नेताले जानकारी दिएका छन् | पार्टी एकता भएकै दिन बेलुका राष्ट्रिय सभागृहबाट दुई अध्यक्षले अब पार्टी एकतासंगै एमाले र माओवादी केन्द्र सकिएको उद्घोष गरेपनि माओवादी केन्द्रको बृहत बैठक जेठ २९ गते डाकिएको छ | 

तात्कालिन एमाले-माओवादी केन्द्र पार्टी एकतासंगै नेकपा नाम राखेर निर्वाचन आयोगमा पार्टी दर्ता प्रस्ताव भएको अवस्थामा रहँदा एकाथरी माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रका केहि नेताहरु तात्कालिन एमालेसँग मिल्न गएको निष्कर्ष निकाल्दै माओवादी केन्द्र छाडेर एकतामा गएकाहरुलाई हटाएर नयाँ नेतृत्व सहित अगाडी बढ्ने तयारीमा छन् | 

नेकपा माओवादी केन्द्रलाई नयाँ नेतृत्व सहित पार्टी र त्यसले चलाएको आन्दोलनलाई निरन्तरता दिन, जनयुद्ध र जन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न भन्दै भविसोर पराजुलीको संयोजनमा छलफलहरु जारी रहेको स्रोतले जनाएको छ | पराजुली गत निर्वाचनमा माओवादी केन्द्रबाट नवलपुर १ का प्रतिनिधि सभा उम्मेदवार समेत हुन् | 

बिशेष सुत्रका अनुसार माओवादी केन्द्रलाई अगाडी बढाउने नेतृत्वको कमाण्ड भने तात्कालिन माओवादी केन्द्रबाट कारवाहीमा परेका गोपाल किरातीले लिंदैछन् | जुन अभ्यासमा तात्कालिन नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यहरु, सचिवालय सदस्यहरु, पोलिटब्युरो सदस्यहरु र महाधिवेसन आयोजक समिति सदस्यहरुको बहुमतको उपस्थिति हुने गरि जेठ २९ गते बैठक बोलाइएको छ | 

स्रोतले दिएको जानकारी अनुसार माओवादी केन्द्रलाई पार्टीकै रुपमा अगाडी बढाउने अभ्यासमा एकता अघिका बिरोधिहरु र नेकपा बनेपछि असन्तुष्ट भएकाहरु छन् | जेठ २९ गते बोलाईएको नेकपा माओवादी केन्द्रको बैठकमा चार हजार भन्दा बढी महाधिवेसन आयोजक समितिमध्ये बहुमत सदस्य माओवादी केन्द्रमै रहेको दावी स्रोतले गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर