Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनगढीमा गोली प्रहार गरी ९ लाख लुट्ने लुटेरा सार्वजनिक

By kit 2 मिनेट पढाइ

जेठ २२ कैलाली | प्रदेश नम्बर ७ को राजधानी धनगढीमा गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गरी लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद सहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरेको हो ।

लुटपाट घटनाका मुख्य योजनाकार सहित उनीहरुले लुटपाटमा प्रयोग गरेको ६ राउण्ड गोलीसहित पेस्तोल र मोटरसाईकल प्रहरीले सार्वजनिक गरेको हो । मुख्य अभियुक्त कन्चनपुरको बेलौरी नगरपालिकाका-६ रिचाहाका उग्रसेन राना, कन्चनपुरकै कृष्णपुर नगरपालिका-६ का कल्लु भनेर चिनिले कालु राना, धनगढी उपमहानगरपालिका-६ जाइका राजकुमार चौधरी, धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँका रामप्रबेश राना र धनगढी उपमहनगरपालिका-६ का विरु चौधरीलाई प्रहरीले सार्वजनिक गरिएको हो ।