अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।

देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।

छिटोभन्दा छिटो तलव सुविधाको व्यवस्था गर्न माग गर्दै विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरूले आन्दोलन शुरु समेत गरेका छन् ।

गाउँपालिका, नगरपालिकाका प्रमुखलाई पटकपटक मौखिक जानकारी गराइए समस्या अवगत गराएपनि वेबास्ता भएपछि स्वास्थ्य सचिवदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका छन् ।

बाँके, चितवन, भक्तपुर, धादिङलगायतका जिल्लाका कर्मचारीले नगरपालिका अगाडि धर्ना दिने, ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

रत्ननगर नगरपालिका चितवनका स्वास्थ्य संयोजक इन्द्रलाल न्यौपानेले चितवनका स्वास्थ्यकर्मीले गत माघदेखि तलव नपाएको बताउनुभयो ।

‘माघदेखि हामीले तलब नपाउँदा दैनिक व्यवहार प्रभावित भएको छ, छ महिनाभयो बच्चाको विद्यालयको शुल्क तिर्न पाएका छैनौँ, रासनपानी किन्न, घरभाडा तिर्न निकै समस्या भइरहेको छ ।’’

लामो समय तलब नपाएपछि चितवनका स्वास्थ्यकर्मीले भरतपुर महानगरपालिकालाई २५ गतेसम्म अल्टिमेटम दिँदै तलब नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

स्वास्थ्यका कर्मचारी भएकाले एकैपटक कडा आन्दोलनमा जान मानवताले रोकेको भन्दै समस्या सुुनुवाई नभए चरणवद्ध आन्दोलनमा जाने न्यौपानेले राससलाई बताउनुभयो ।

बाँके नेपालगञ्ज नगरपालिकाकाअन्तर्गत उदयपुर स्वास्थ्य चौकीका इन्र्चाज टेकबहादुर केसीले बाँकेका कर्मचारीले फागुनदेखि तलब नपाएको जानकारी दिदैँ सम्बन्धित पालिकामा पटकपटक मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गुर्नभयो । (रासस)

‘स्थानीय निकायमा कुरा राख्दा स्वास्थ्यका कर्मचारी केन्द्रअन्र्तगत हो भन्ने जिल्ला जनस्वास्थ्यमा गएर सोध्दा आफ्नो पालिकैमै कुरा गर्नुस भनेर अलमलमा पारिएको छ, लामो समयदेखि तलव नपाउँदा घरव्यवहार चलाउन समस्या भयो,’’ उहाँले भन्नुभयो ।

सशस्त्र द्वन्द्वका बेलासमेत गाउँगाउँमा बसेर जनताको सेवामा खटिएका जनस्वास्थ्यकर्मीलाई संघीयता आएपछि प्रशासनका कर्मचारीले स्वास्थ्यका कर्मचारीलाई केही होइनन् जस्तो व्यवहार भएको उहाँले बताउनुभयो ।

ललितपुरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि गत फागुन महिनादेखि तलबभत्ता नपाएको भन्दै ललितपुर महानगरपालिका, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य सचिवलगायतलाई प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

रोकिएको तलब भत्ता उपलब्ध गराउन महानगरका प्रमुख चिरीबाबु महर्जनलाई अनुरोध गरेका छन् ।

धापाखेल स्वास्थ्य चौकी, हरिसिद्धि स्वास्थ्य चौकी, सुनाकोठी स्वास्थ्य चौकी, सैबु स्वास्थ्य चौकी, बुङ्मती स्वास्थ्य चौकी, खोकना स्वास्थ्य चौकी र परिवार नियोजन संस्थागत क्लिनिक गरी ७ वटा संस्थाका स्वास्थ्यकर्मीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको धापाखेल स्वास्थ्य चौकीका इन्र्चाज गुरु शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कति सहने चल्नै मुश्किल भयो, घरमा भएका गरगहना बेचेर खानुपरेको छ, एक त पुग्ने तलव छैन, त्यो पनि समयमा नआएपछि हाम्रो बिगोग भएको छ ।”

स्थानीय तहका सरकारले खटाएपछि खुसी भएर जिम्मेवारी वहन गरेपनि सरकारले आफुहरूलाई बेवास्ता गर्दा खिन्नता महसुस भएको स्वास्थ्यकर्मीहरूले बताउँछन् ।

तलबबाटै घरभाडा, छोराछोरीको पढाई, खाद्यान्न, परिवारको पालनपोषणलगायत दैनिक उपभोगका सामानहरूको व्यवस्था गर्नुपर्ने अवस्था आइलागेको गुनासो गर्दै तलबभत्ता रोकिँदा मर्का परेको स्वास्थ्यकर्मी लक्ष्मी शर्माले बताउनुभयो ।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले कर्मचारीका लागि तलवको रकम अपुग भएपछि रकम माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिनुभयो । उहाँले यथासम्भव छिटै कर्मचारीले तलव पाउने दाबी गर्नुभयो ।

रकम अपुग भएपछि तलब दिन ढिलाइ भएको हो, अर्थमा थप रकमको माग गरिएको छ, रकम आउने बित्तिकै तलव उपलब्ध गराउछौँ सचिव चौधरीले भन्नुभयो,‘‘मन्त्रालयको स्रोतबाट पनि धेरै रकम पठायौँ, अब नसकेपछि अर्थमा अनुरोध गरी पठाएका छौँ ।” (रासस)

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply