२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

२३ जेष्ठ २०७५, बुधबार ०८:३४

जेठ २३, काठमाडौँ | पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । 

नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिनुभयो । 

‘‘नेपालमा बढ्दो मात्रमा जलविद्युत् परियोजना बनिरहेका छन् तर ती परियोजनका लागि आवश्यक जनशक्ति प्रर्याप्त नभएकोले विदेशबाट आयात गर्नुपरेको छ’’ उहाँले भन्नुभयो–‘‘अब नेपालमा नै दक्षजनशक्ति उत्पादन गर्नका लागि उक्त विषय अध्यापन गराउन थालेका हांै ।’’ 

यसअघि उक्त विषयमा यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पढाइ शुरु गरिसकेको छ । डिन जोशीका अनुसार पढाइबाट उत्पादन भएका जनशक्तिले ठूला तथा मझौला जलविद्युत् परियोजनाको डिजाइन र व्यवस्थापन गर्न सक्नेछन् । 

विश्वविद्यालयको केन्द्रीय क्याम्पस पोखरामा उक्त विषयको अध्ययन अध्यापन आगामी भदौबाट हुनेछ । विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक राजेश ठकुराठीले नेपालमा विद्युत् निकाल्ने काम बढिरहेकाले त्यसलाई आवश्यक जनशक्ति उत्पादन गर्नका लागि पढाइ शुरु गरिएको बताउनुभयो । 

करीब रु चार लाख शुल्क लाग्ने उक्त विषयमा पहिलो पटक २० जना विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको तयारी छ । उक्त विषयमा पढ्नका लागि स्नातक तहमा सिभिल, कृषि र ग्रामीण विकास विषयमा ईञ्जिनियर उत्र्तीण गरेको हुनुपर्छ । 

अहिले पोखरा विश्वविद्यालयमा चार आंगिक क्याम्पस र ५८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा चार संकायका ४८ विषयमा करीब ३० हजार विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ