२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

२०७५, २३ जेष्ठ बुधबार ०८:३४

जेठ २३, काठमाडौँ | पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । 

नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिनुभयो । 

‘‘नेपालमा बढ्दो मात्रमा जलविद्युत् परियोजना बनिरहेका छन् तर ती परियोजनका लागि आवश्यक जनशक्ति प्रर्याप्त नभएकोले विदेशबाट आयात गर्नुपरेको छ’’ उहाँले भन्नुभयो–‘‘अब नेपालमा नै दक्षजनशक्ति उत्पादन गर्नका लागि उक्त विषय अध्यापन गराउन थालेका हांै ।’’ 

यसअघि उक्त विषयमा यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पढाइ शुरु गरिसकेको छ । डिन जोशीका अनुसार पढाइबाट उत्पादन भएका जनशक्तिले ठूला तथा मझौला जलविद्युत् परियोजनाको डिजाइन र व्यवस्थापन गर्न सक्नेछन् । 

विश्वविद्यालयको केन्द्रीय क्याम्पस पोखरामा उक्त विषयको अध्ययन अध्यापन आगामी भदौबाट हुनेछ । विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक राजेश ठकुराठीले नेपालमा विद्युत् निकाल्ने काम बढिरहेकाले त्यसलाई आवश्यक जनशक्ति उत्पादन गर्नका लागि पढाइ शुरु गरिएको बताउनुभयो । 

करीब रु चार लाख शुल्क लाग्ने उक्त विषयमा पहिलो पटक २० जना विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको तयारी छ । उक्त विषयमा पढ्नका लागि स्नातक तहमा सिभिल, कृषि र ग्रामीण विकास विषयमा ईञ्जिनियर उत्र्तीण गरेको हुनुपर्छ । 

अहिले पोखरा विश्वविद्यालयमा चार आंगिक क्याम्पस र ५८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा चार संकायका ४८ विषयमा करीब ३० हजार विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण