2026-07-27 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला समन्वय समिति दाङद्वारा एक करोड ९६ लाख राजश्व संकलन

जेठ २३, दाङ | जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । 

चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिनुभयो । 

“संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन र समन्वयको काम गदैआएको छ,” उहाँले भन्नुभयो, “अनुगमनको क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाई कारबाहीसमेत थालेका छौँ ।” नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन् तथा चोरी निकासीमा २६ जेसीवी, २४ टिप्पर र ३४९ ट्र्याक्टरको प्रयोग गरेको अनुगमनका क्रममा खुलेको छ । 

चालु आवमा ‘इआए’ र ‘आइए’ भएका जिल्लाका २२ ठाउँमा ठेक्का सम्झौैता भएर काम भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । विपत्बाट मात्र अहिलेसम्म रु एक करोड ९६ लाख २२ हजार राजश्व संकलन गरिएको छ । विपत्को क्षेत्रमा भएको सो कामले यस वर्ष जिल्लाभर एक हजार बिगाहा जमिनलाई सुरक्षित गराउन सकिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । 

नदीजन्य पदार्थको उत्खनन्को काम असार एक गतेदेखि पूर्णरुपमा बन्द गरिने समितिले जनाएको छ । समितिले जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको पनि नियमन थालेको छ । जिल्लामा सञ्चालन भएका २७ वटा क्रसर उद्योगको अनुगमन गर्ने काम भएको र क्रसर उद्योगमा खरिद रसिदको परिमाणभन्दा बढीको कच्चा पदार्थ भण्डारण गरेर राखिएको पाइएकाले करको दायारामा ल्याउन सबै क्रसर उद्योगलाई पत्राचार गरिएको समितिले जनाएको छ । 

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरस्थित माध्यमिक विद्यालय डाँडागाउँ गोग्लीको शैक्षिक सहयोगार्थ सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सबबाट रु ४० लाख संकलन भएको छ । यही जेठ १५ देखि २२ गतेसम्म विद्यालयमा सो महोत्सव सञ्चालन भएको थियो । 

महोत्सवमा माधुर्यवाचक बालकृष्ण अर्याल र गोविन्दशरण महाराज कथा वाचकका रुपमा रहनुभएको महोत्सव मूल आयोजक समितिका संयोजक खुशलराम शर्माले जानकारी दिनुभयो । 

घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले आगामी आवमा विद्यालयको भौतिक विकासका लागि रु दश लाख बजेट विनियोजन गर्ने र घोराही सिमेन्ट उद्योगले एक वर्षभित्र विद्यालयमा पाँच कोठे पक्की भवन निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ