पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २४, काठमाडौं | एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियाले वैधानिकता पाएको छ ।

निर्वाचन आयोगले बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दर्ता गर्ने निर्णय गरको हो । ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको दुई जना अध्यक्ष रहने पार्टीको सांगठनिक संरचनालाई आयोगले स्वीकृति दिएकोछ । पहिलेनै दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टीसँग मिल्दोजुल्दो नाम र केन्द्रीय समितिमा एक तिहाइ महिला नपुर्याईएको विषय नजरअन्दाज गरी दर्ता गरिएको हो ।

जेठ ३ मा दुई पार्टीले एकीकरण घोषणा गरी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । – आजको कान्तिपुर दैनिकमा समाचार छ ।