2026-07-06 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम र नेकपाबीच तत्काल पार्टी एकीकरण सम्भव छैन: अध्यक्ष यादव

2018-06-07

जेठ २४ काठमाडौँ | संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । 

केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुनियोजित समाचारहरु प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । 

उहाँले फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय गरेका भए पनि तत्काल नेकपासँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । 

‘तथ्यहीन ढङ्गले आइरहेका गलत समाचारले जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्छौं, अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो