८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम र नेकपाबीच तत्काल पार्टी एकीकरण सम्भव छैन: अध्यक्ष यादव

२४ जेष्ठ २०७५, बिहीबार ०८:३२

जेठ २४ काठमाडौँ | संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । 

केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुनियोजित समाचारहरु प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । 

उहाँले फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय गरेका भए पनि तत्काल नेकपासँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । 

‘तथ्यहीन ढङ्गले आइरहेका गलत समाचारले जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्छौं, अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर