2026-07-26 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशमा ‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ शुरु

जेठ २४, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ शुरु गरेको छ । भौगोलिक रुपमा विकट रहेको कर्णालीका जनताले आफ्नो गाउँ–ठाउँमा भइरहेका गतिविधि, तथा जनताका गुनासो सुन्ने र कार्यान्वय गर्ने हेतुले हेलो मुख्यमन्त्री हटलाईन सेवा शुरु गरिएको हो ।

‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ को उद्घाटन मुख्यमन्त्री शाहीले गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा अधिकृत तहको कर्मचारीले जनताले टिपाएका जनगुनोसाहरु मुख्यमन्त्री समक्ष पु¥याउने छन् । प्रदेश सरकारले जनतासंग प्रत्यक्ष रुपमा जनताको जनगुनासोहरु सम्बोधन गर्न हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । जनताका वस्तुगत समस्याहरुलाई सम्बोधन गर्न यो सेवा शुरु गरेको र प्रभावकारी रुपमा कार्यान्वय गरिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ को शुभारम्भ गर्दै–गर्दै कालिकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसीकोटका दिपक वाँठामगरले गुनासो टिपाएका छन् । कालिकोट नरहरीनाथ गाँउपालिकाका प्रेमले जेठ १९ गते आफनी आमा मना सार्कीको हत्यारालाई कारवाहीको माग गरेका थिए । यता, मुसीकोट नगरपालिका बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भईरहेको ढिलाईका सम्वन्धमा गुनासो मुख्यमन्त्रीसंग पोखका थिए । मुख्यमन्त्री शाहीले दुवै जनाले उठाएको समस्या नोटीस गरेर सम्वन्धित निकायलाई समस्या सामाधानका लागि निर्देशन दिए ।

हटलाईन सेवाले कर्णाली प्रदेशको विकास, समृद्धि र समृद्धिका लागि नागरिकको सहयोग र सहभागितालाई सुनिश्चित गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास मुख्यमन्त्रीको छ । हरेक नागरिकलाई सरकार आफनै घरआँगनमा रहेको प्रत्याभुति दिलाउन र सरकारको सेवा प्रवाह तथा विकास निर्माणमा उनीहरुको सल्लाह, सुझाव र गुनासोको सम्वोधन गर्न यो सेवा शुरु गरिएको मुख्यमन्त्री शाहीको भनाई छ ।

१०९६ नम्वरको हटलाईन सेवामा नागरिकले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको छ ।

यसैविच, कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालय र संसद सचिवालयको वेवसाईटको सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशले गरेका काम कारवाहीलाई जनता समक्ष पु¥याउन वेव साईट सञ्चालनमा ल्याइएको हो । सूचना प्रविधिको उच्चतम प्रयोग नगरेकै कारण कर्णाली प्रदेशपछि परेको मुख्यमन्त्रीको भनाई छ । उहाँले जनतालाई सरकारले गरेको गतिविहिरुको थाहा दिन गाउँ–गाउँमा प्रभावकारी रुपमा ईन्टरनेट सेवा विस्तार गर्ने प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारीक वेवसाईट धधध।पबचलबष्।िनयख।लउ मा कर्णाली प्रदेश सरकारसंग सम्वन्धित सवै सुचना उपलब्ध गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ