२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारसंग स्पष्ट जवाफ माग्दै प्रतिपक्षद्वारा संसद बैठक अवरुद्ध

२४ जेष्ठ २०७५, बिहीबार १६:२६

जेठ २४, सुर्खेत | कर्णाली प्रदेश सभाको नवौं बैठक ३ बजेका लागि आह्वान गरिएको थियो । समयको जहिले पनि ख्याल नपु¥याउने सांसदका कारण पछिल्ला बैठकहरु ढिला शुरु हुँदै आएका छन् । तर बिहिबारको बैठक पनि निर्धारित समयभन्दा आधा घण्टा शुरुभए पनि नियमित कार्यसूची अनुसार सभामुख राजबहादुर शाहीले कारवाही प्रारम्भ गरे ।

सभामुख शाहीले सांसदहरुका लागि प्रदेश सरकारमार्फत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनु पर्ने विषयमा विशेष समय उपलव्ध गराए । नेपाली कांग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले शुरुमा संसदमा बोल्ने पालो पाए । सांसद शाहीले कालिकोट घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विषयान्तरमा प्रवेश गरे । पाँच मिनेट बोल्ने समय पाएका शाहीले राष्ट्रपति रनिङ्ग सिल्डमा कर्णाली प्रदेशका खेलाडीहरुले काठमाडौंमा जर्सी नपाउँदाको खवरले प्रदेशको बेइज्जत भएको भन्दै आलोचना गरे ।

‘साच्चै सरकारले जर्सी किन्न नसकेको हो वा दिन नचाहेको माननीय सभामुख ज्यू !’ जवाफ माग्दै शाहीले भने,–‘जिम्मेवारी कस्को थियो यसको खोजी गरिनुपर्छ जर्सी नपाएकै भन्दै एक घण्टा खेल ढिला शुरु भएको थियो ।’ ‘५५ लाखको ठेक्कामा संसद बैठक जाने बाटोमा ग्राभेल गरियो कालोपत्रे हैन’ शाहीले प्रश्न गरे,–‘संसदमै पटक पटक राजधानी भित्रका सडक, नाली र कल्र्भड निर्माण गर्न माग गरेको थियो तर अवस्था उस्तै रह्यो किन ?’ राजधानीका भित्रका सडक, नाली र कल्र्भड निर्माणका लागि ६५ करोड माग गर्दा पनि सरकारले बजेट नदिनुको शाहीले जवाफ माग गरे । शाहीले नगरपालिका भित्रका सडक निर्माणको लागि ध्यानकर्षण गराइएको थियो, तर काम नभएकोमा आपत्ती जनाए । सडक नाली र कल्भर्डका लागि बजेट सिलिङ्ग दिँदा पनि सरकारले बजेट नदिएको शाहीले आपत्ती जनाए । आर्थिक वर्ष २०७४।०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वय नहुनुको पनि कारण  शाहीले माग गरे ।


उनले माननीय मन्त्रीहरुले आफ्नो जिल्लामा रातो किताव नआउनु पूर्व मनलाग्दी रकम खचिएको आरोप लगाए । रातो किताब नआउँदा र मनलाग्दी खर्च गरेको रकमको स्पष्ट हिसाव नआउँदासम्म संसद बैठक सञ्चालन हुन नदिने भन्दै उठेर प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाए । सभामुख शाहीले संसदमा उठाइएको विषयहरुमा ध्यानाकर्षण गराउँदै जवाफ माग्ने भन्दै सांसदलाई बस्न आग्रह गरेका थिए । प्रतिपक्षका सांसद नबसेपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगन गरेर छलफल आह्वान गरेका थिए । परामर्श समितिको छलफल निष्कर्षविहिन टुङ्गीएपछि आज दिउसो ३ बजेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

नीति तथा कार्यक्रम प्रभावित हुने

यसैविच कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५।०७६ का लागि नीति तथा कार्यक्रम आज ल्याउन लागेको छ । कर्णाली प्रदेश सभाको दिउँसो ३ बजे बस्ने संसद बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

बिहिबारको बैठकमा प्रतिपक्ष दलका सांसदहरुले सरकारले मनलाग्दी काम गरेको भन्दै जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेपछि पुनः बैठक बस्न सकेन । छलफलमार्फत समाधानको निष्कर्ष निकाल्न सभामुख राजबहादुर शाहीले छलफल बिहिबार नै बोलाएका थिए । आधा घण्टाका लागि संसद बैठक स्थगन गरेर छलफल बोलाइए पनि विना निष्कर्ष सकिएपछि शुक्रबार बैठक आह्वान गरिएको छ । संसदको कार्य व्यवस्था समितिको बैठक शुक्रबार नबसेपछि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम अनिश्चित बनेको छ । नेपाली कांग्रेसका प्रतिपक्ष दलका सांसदहरुले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणको रातो किताब विनै प्रदेश सरकार मन्त्रीहरूले खर्च गरेको आरोप लगाउँदै संसद बैठक अवरूद्ध गरेका थिए ।

‘स्पष्ट र पारदर्शी रुपमा हामीले उठाएका मागहरु सरकारले सम्बोधन गरे आज ल्याउन लागिएको नीति कार्यक्रम ल्याउन दिन्छौं’ प्रतिपक्ष दलका सांसद दिनवन्दु श्रेष्ठले भने,–‘लामो समयदेखी स्पष्ट सरकारसंग जवाफ माग गर्दापनि प्रतिपक्षलाई पेल्ने सरकारको परिपाटीले बिहिबारको संसद बैठक अवरुद्ध गरिएको हो ।’ कार्य व्यवस्था समितिको बैठक बिहिबार नबसेको जानकारी दिएका श्रेष्ठले आज दिउँसो बस्ने संसद बैठकभन्दा अघि प्रयाप्त समय भएकाले सरकारले स्पष्ट र पारदर्शी रुपमा जवाफ दिए संसद अवरुद्ध नगर्ने बताए । आज ल्याउन लागिएको नीति तथा कार्यक्रमभन्दा अघि सरकारले स्पष्ट जवाफ नदिए संसद बैठक अवरुद्ध हुने श्रेष्ठको भनाई छ । ‘संसद बैठक अघि प्रयाप्त समय छ, सरकारले स्पष्ट जवाफ दिन्छ भन्नेमा हामी विश्वस्त छौं’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य