२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१ सय ६५ घरधुरिलाई ९ वटा खानेपानीका धारा बने

२०७५, २४ जेष्ठ बिहीबार १६:२८

कमल रावल | जेठ २४, अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलिको पालाकाट्यिा टोलका स्थानियलाई करिब १ घण्टा टाढाबाट खानेपानी ल्याउनु पर्ने बाध्यता रही आएको थियो । यो बर्ष देखि त्यो समस्या समाधान भएको छ ।

वडामा चौतीगउडा खानेपानी योजना सम्पन्न भएपछी टोलका धारामा पानी पुगेको हो । मंगलसेन नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा २५ लाख ८ हजारमा खानेपानी सम्पन्न गर्ने गरि योजना दिएको थियो । १ सय ६५ घरधुरी रहेको टोलमा ९ वटा धारा निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितीका अध्यक्ष रुप बहादुर कुवरले बताउनु भयो । लामो समयपछी गाउका धारामै पानी आएपछी स्थानिय बासिन्दा निकै खुशि भएका समितीका सदस्य बिनोद बिष्टले बताउनु भयो । योजना कार्यसम्पन्न पनी आज सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । निर्माण समितीका अध्यक्ष रुप बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रम वडा सदस्य पदम बहादुर रावल, नेपाली काग्रेसका वडा सभापती दान बहादुर शाही बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा पार्वती मावि सहायक प्रअ ललितराज नाथ, वडा सामाजिक परिचालक टँक रोकाया, शिक्षक एकेन्द्र बिष्ट, समाजसेवि चन्द्र बिष्ट, निर्माण समितीका मिस्त्री शेर बहादुर रावल, लगाएतको सबै सरोकारवालाको सहभागिता रहेको थियो । समिती सदस्य विनोद बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन कलम तिरुवाले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध