2026-09-08 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलेखानीेको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत् उत्पादन

जेठ २५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । 

“स्टेटर वाइन्डिङ” को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती दुई आयोजनाले ९२ मेगावाट विद्युत् उत्पादन गर्छ । 

सो आयोजनाको युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । 

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ । 

कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत् गृह सञ्चालन हुन्छ । 

कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४सै घण्टा चलाइँदैन । विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । 

कुलेखानी पहिलोमा ३०÷३० मेगावाटका दुईवटा र दोस्रोमा १६÷१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत् गृहका एउटा–एउटामात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ । 

बर्खा लागेसँगै खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत बढी विद्युत् माग हुने समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई विद्युत्भार कटौती गर्नु नपरेको प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो कुलेखानी विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिनुभएको छ । 

केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता जापानको फुजी इलेक्ट्रिक कम्पनीका प्राविधिक आगामी सोमबार यहाँ आइपुग्ने जानकारी दिनुभयो । 

जापानी प्राविधिक आएपछिमात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने प्रमुख ओझाले बताउनुभयो । 

“हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ”, उहाँले भन्नुभयो, ‘मर्मत छिटो सक्ने प्रयास गरिरहेका छौँ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग