२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आलु रोप्ने क्रममा खप्पर भेटियो, श्रीमती बोलिन् ‘डराउनु पर्दैन यो मेरो पहिलो श्रीमान हो !’

२०७५, २५ जेष्ठ शुक्रबार १०:४४

जेठ २५, एजेन्सी | साइबेरियामा एउटा यस्तो घटना घटेको छ, जसले जो कोहीलाई पनि एक पटक अचम्म बनाइदिन्छ । 

घटना साइबेरियास्थित लूजिनो क्षेत्रमा घटेको हो । एक जना व्यक्ति घरको करेशाबारीमा आलू लगाईरहेका थिए । तब खन्दै गर्दा अचानक माटोमा गाडिएको अवस्थामा मानिसको खप्पर बाहिर निस्कियो । आफ्नो बारीमा खन्दै गरेका ति व्यक्तिको होस-हवासनै उड्यो । आफ्नो श्रीमान डराएको देखेर पछाडीबाट ति व्यक्तिकि श्रीमतीले जवाफ दिइन्- 'डर मान्नुपर्दैन यो मेरो पहिलो श्रीमानको खप्पर हो । जसलाई २० बर्ष पहिले मैले मारेको थिएँ ।' 


आफ्नो श्रीमतीको प्रतिक्रिया सुनेर ति व्यक्ति झनै डराए । ति व्यक्ति आफुले भेटेको खप्परदेखि  भन्दा आफ्नो श्रीमती देखेर अचम्मित र भयावित भए । श्रीमतीले ति व्यक्तिलाई भनिन् – 'यो कुरा २० बर्ष पुरानो हो । मेरो पहिलो श्रीमान निकै रक्सि पिएर आएको थियो, तब रिसको झोकमा मैले उसलाई मारें ।' यति भन्दै गर्दा पनि ति व्यक्ति झन्डै डराएपछी ६० बर्षकी ति महिलाले आफ्नो श्रीमानलाई शान्त पार्न खोज्दै भनिन् -'अब सबै कुरा बिर्सनुस ।'

तर ति व्यक्ति सिधै प्रहरीकहाँ पुगेर आफ्नो श्रीमतीको बारेमा प्रहरीलाई सूचना दिए । तब प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीको पक्राउ संगै ति ६० बर्षीय महिलाले प्रहरीलाई आफूले गरेको गल्ति स्वीकार गरेकी छन् । प्रहरीले खप्पर निस्केको स्थानमा खोतल्दा पुरै मानव कंकालको हड्डिहरु बरामद गरेको छ । 


प्रहरीले बताए अनुसार महिलाले ५२ सालका पहिलो श्रीमानलाई टुक्रा-टुक्रा पारेर गाडेकी थिइन् । त्यस पछी उनले लास गाडेको स्थान माथि आलू खेति गर्न थालेकी थिइन् । जब छिमेकीहरुले महिलासँग उनको श्रीमानबारे सोध्थे, तब उनले आफ्नो श्रीमान कामको शिलशिलामा कतै गएको बताउँदै आएकी थिइन् तर ति पहिलो श्रीमान फर्केर आएनन् । किनको त्यसको रहश्य अर्कै थियो । 

प्रहरीका अनुसार महिलाले गरेको अपराध निकै गम्भीर हो र उनलाई १० बर्षको जेल सजाय हुनसक्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह