२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुल्यवृद्धि विरूद्द नेविसंघको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि…

२०७५, २७ जेष्ठ आईतवार ०६:१८

जेठ २६, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा राँके जुलुस निकालेको छ ।


राँके जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रहरीको आँखा छल्दै नेविसंघले राँके जुलुस निकालेको हो । राके जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।


केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३ ३ रुपैयाँ वृद्धि गरेको थियो । हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । नेविसंघले उपत्यकाको जमल, बागबजार, मैतिदेबीबाट राकेजुलुस निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का