2026-09-21 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ भ्रातृ संगठन एकीकरण सहमति, १४ पूर्वएमालेलाई, ८ मा पूर्वमाओवादीलाई

जेठ २८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का २२ भ्रातृ संगठन एकीकरणको सहमति जुटेको छ । त्यसमा १४ पूर्वएमाले र ८ पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

त्यसका सचिव भने नेतृत्व गर्ने समूहको इतरमा राख्ने सहमति भएको छ । १४ सचिव पूर्वमाओवादी र ८ सचिव पूर्वएमालेले लिने भएका छन् ।  जनवर्गीय संगठनको नेतृत्व संख्या टुंगो लागे पनि कुन संगठन कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित नेताहरू सहमतिका लागि परामर्शमा जुटेका छन् । जनवर्गीय संगठनको एकीकरणका लागि ने क पाले कार्यदलहरू गठन गरेको थियो ।

प्रारम्भिक चरणको संख्यात्मक सहमति भए पनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । नेतृत्वका लागि तत्कालीन जनवर्गीय संगठनका सक्षमता, सक्रियता र क्रियाशिलतालाई आधार बनाइएको स्रोतले बतायो ।

यसैबीच, तत्कालीन दुई पार्टीका २२ वटै भातृसंगठको एकीकरणका लागि बनेका कार्यदलले आन्तरिक छलफल एवं बैठक गरेर विधान मस्यौदा समिति गठन गरेर एकताको तयारी थालेका छन् । छुट्टाछुट्टै कार्यदलको बैठकले एकता प्रक्रिया, मापदण्ड, शैलीसहित एकीकृत विधान मस्यौदाको तयारी थालेको हो ।

ने क पा केन्द्रीय सचिवालयले भातृसंगठनहरूको एकीकरण प्रक्रिया आपसी सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्ने गरी निर्देशन दिएको छ । कार्यदलले पाएको समयभित्रैमा एकीकरणका लागि आवश्यक प्रक्रिया टुंगो लाग्ने बताइएको छ ।

यता, आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त कार्यदल गठन भएको छ । कार्यदलको बैठकले दुवै संगठनका महासचिवद्वय राजेश राई र विष्णु सापकोटालाई अन्तरिम विधान मस्यौदा बनाउन जिम्मेवारी दिएको छ । चौतारी महासचिव राईका अनुसार एकीकरणका लागि दुवै संगठनको केन्द्रीय कमिटी बैठक समेत बोलाउने निर्णय भएको छ ।

यसैगरी, अन्य भातृसंगठनका साथै पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीको एकीकरणका लागि गठन भएका छुट्टाछुट्टै कार्यदलले आन्तरिक गृहकार्य गर्दै एकीकरणको टुंगो लगाउने तयारीमा जुटेका छन् । मातहतका कमिटी  मिलाउन  बेग्लाबेग्लै ३६ कार्यदल गृहकार्यमा छन् । 

– राजधानी दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल