२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिस्टानबाट शिक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र

२८ जेष्ठ २०७५, सोमबार ०७:०१

जेठ २८, काठमाडौँ | उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ । 

साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उमावि तहमा थप दरबन्दीको व्यवस्था गर्नुपर्ने, दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकलाई कम्तीमा एकपटकका लागि माध्यमिक शिक्षक द्वितीय श्रेणीमा आन्तरिक परीक्षामबाट स्थायी गर्नुपर्नेलगायतका माग रहेको हिस्टानका जिल्ला सचिव राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

यसैबीच पुरचौंडी नगरपालिकामा शिक्षक वासुदेव पन्तको अध्यक्षतामा नगरस्तरीय सामुदायिक विद्यालय निजी स्रोत शिक्षक तदर्थ समिति गठन भएको छ । नगरपालिकाभित्र रहेका निजी स्रोतका शिक्षकको हकहितका लागि समिति गठन गरिएको हो । 

राजनीतिक खिचातानीले यहाँको एक विद्यालयमा दुई वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति आइतबार गठन भएको छ । 

दशरथचन्द नगरपालिका वडा नं १ मा रहेको मणिलेक मावि गुरुखोलामा लामो समयपछि विद्यालय व्यवस्थापन समिति गठन नभएकामा वडा नं १ का वडाध्यक्षसमेत रहनुभएका भुवनराज भट्टको अध्यक्षतामा सो समिति गठन गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिमा युवाको टोली आएकाले विद्यालयमा प्राविधिक शिक्षाको थालनी साथै नमूना विद्यालय बनाउने समितिका सदस्य अमरबहादुर टेरले जानकारी दिनुभयो । 

यस्तै अभिभावकहरूको एक भेलाले लक्ष्मीप्रसाद भट्टको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन