2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिस्टानबाट शिक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र

जेठ २८, काठमाडौँ | उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ । 

साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उमावि तहमा थप दरबन्दीको व्यवस्था गर्नुपर्ने, दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकलाई कम्तीमा एकपटकका लागि माध्यमिक शिक्षक द्वितीय श्रेणीमा आन्तरिक परीक्षामबाट स्थायी गर्नुपर्नेलगायतका माग रहेको हिस्टानका जिल्ला सचिव राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

यसैबीच पुरचौंडी नगरपालिकामा शिक्षक वासुदेव पन्तको अध्यक्षतामा नगरस्तरीय सामुदायिक विद्यालय निजी स्रोत शिक्षक तदर्थ समिति गठन भएको छ । नगरपालिकाभित्र रहेका निजी स्रोतका शिक्षकको हकहितका लागि समिति गठन गरिएको हो । 

राजनीतिक खिचातानीले यहाँको एक विद्यालयमा दुई वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति आइतबार गठन भएको छ । 

दशरथचन्द नगरपालिका वडा नं १ मा रहेको मणिलेक मावि गुरुखोलामा लामो समयपछि विद्यालय व्यवस्थापन समिति गठन नभएकामा वडा नं १ का वडाध्यक्षसमेत रहनुभएका भुवनराज भट्टको अध्यक्षतामा सो समिति गठन गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिमा युवाको टोली आएकाले विद्यालयमा प्राविधिक शिक्षाको थालनी साथै नमूना विद्यालय बनाउने समितिका सदस्य अमरबहादुर टेरले जानकारी दिनुभयो । 

यस्तै अभिभावकहरूको एक भेलाले लक्ष्मीप्रसाद भट्टको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई