४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकाउमा नेपालीले आफ्नै आधा घाटी रेटे, कम्पनी र एजेन्ट दोषी

२८ जेष्ठ २०७५, सोमबार ०७:१०

जेठ २८, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा मकाउ गएका एक नेपालीले आफ्नै घाटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । एजेण्टमार्फत १२ लाख रकम बुझाएर मकाउ पुगेका ति नेपाली युवाले कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि आत्महत्याको प्रयास गरेका हुन् । 

२६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ । एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ ।

मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेपछि उनले त्यहाँबाट जागिर छाडेर हिँडेका थिए । 

एजेन्ट र कम्पनीले अर्को व्यक्तिलाई सोहि डिमाण्डमा ल्याउन पाइने भएकाले निरन्तर यातना दिएपछि नेपाली युवक थिङले ग्लोबल होस्टलमै आत्महत्या प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ । नेपालमा ऋण गरेर मकाउ पुगेका उनले काम गर्न नसक्ने र पैसा फिर्ता पनि नहुने भएपछि उनीसँग अरु उपाय नभएपछि आत्महत्या गर्न कोसिस गरेको बताइएको छ ।

घाँटीको आधा भाग काटिएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ । मकाउमा एजेन्ट र कम्पनीको मिलेमतोमा कामदारसँग मोटो रकम लिएर बोलाउने र पछि पीडा दिएर निकाल्ने प्रचलन बढिरहेको छ ।

पीडितका परिवारले उनलाई मकाउ लैजाने एजेन्टमाथि कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ