Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २८ गते, राति १०:०१ बजे अछाम - ACM, अर्थ/विकास

अछामका १ सय ८८ सहकारी स्थानिय सरकारलाई हस्तान्तरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | जेठ २८, अछाम । अछाम जिल्लामा रहेका सहकारी संस्था स्थानिय तहलाई हस्तान्तरण गरिएका छन । डिभिजन सहकारी कार्यालय डोटी मातहत जिल्ला संञ्चालित सहकारी जिल्लाका १० वटै स्थानिय तहमा हस्तान्तरण गरिएका हुन् ।

जिल्लाका २ सय २८ मध्ये डिभिजन कार्यालयमा दर्ता सहीत नियमित नविकरण, लेखा परिक्षण भएका १ सय ८८ सहकारी अब स्थानिय सरकारको मातहतमा चल्ने भएका छन । सहकारी सस्थाको अभिलेखन हस्तान्तरण र स्थानिय तहका पदाधिकारी तथा अधिकृतहरुको २ दिने अभिमुखिकरण कार्यक्रमको उदघाट्न कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले १० वटै स्थानिय तहका प्रमुखलाई फाईल सहीत सहकारी हस्तान्तरण गर्नु भएको थियो । सहकारी बिभागका रघुबँश कडे्लको अध्यक्षता भएको कार्यक्रममा सहकारी दर्ता, अनुगमन, मुल्याकन, सबै कार्य स्थानिय सरकारमा आएकाले प्रदेश ७ का ४ जिल्लाका झण्डै ७ सय ५९ सहकारी स्थानिय तहमा हस्तान्तरण भएका उहाँले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मोती बहादुर थापाले मन्तव्य राख्नु भएको थियो । २ दिन सम्म चल्ने कार्यक्रममा अछामा १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतको सहभागिता रहेको छ । सो कार्यक्रमको संञ्चालन जिल्ला सहकारी संघका अमर न्यौपानेले गर्नु भएको थियो ।