८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले छाडेको भन्दै अब नेकपा माओवादी केन्द्रको अध्यक्ष गोपाल किराती

२९ जेष्ठ २०७५, मंगलवार १६:५७

जेठ २९, काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज राजधानीमा सम्पन्न भएको छ । भोली रिपोर्टस क्लबमा आजको बैठकबारे जानकारी दिन पत्रकार सम्मेलन हुँदैछ ।

आजको बैठकमा राजनीतिक प्रतिवेदन र विधान प्रस्तुत गरिएको छ र नेताहरुसँग छलफल चलाइएको छ । आजको बैठकदेखि माओवादी केन्द्रको नेतृत्व गोपाल किँरातीले निरन्तरता दिने भएका छन् । त्यस्तै पार्टीको उपाध्यक्षमा भाविसोर पराजुली छन् । आजको बैठकले महाधिवेसनसम्म गोपाल किरातीको नेतृत्वमा २ उपाध्यक्ष, १ महासचिव र १ सचिव गरि ५ पदाधिकारी तोकेर पार्टीलाई अगाडी बढाउने जनाएको छ । 

बैठकले प्रचण्ड कम्पनीले माओवादी केन्द्र छाडेको भन्दै निरन्तर माओवादी केन्द्रलाई अगाडी  बढाउन नयाँ नेताहरुलाई जिम्मेवारी दिईएको बताइएको छ । माओवादी केन्द्रले रुपान्तरण सहितको केन्द्रीय समिति बनाउने अन्तिम तयारी गरिएको र माओवादी केन्द्र नछाड्ने चाहना भएका नेताहरुलाई थप्दै केहि दिनमै नाम सार्वजनिक गरिने जनाएको छ । 

बैठकले यस अघि प्रचण्डको नेतृत्वमा रहेका माओवादीका नेताहरुलाई एक तह बढुवा गर्दै माओवादी केन्द्रलाई रुपान्तरण सहित ब्यबस्थित पार्टी बनाएर अघि बढ्ने निर्णय लिएको छ । बैठकले पार्टी अध्यक्ष प्रधानमन्त्री तथा मन्त्री बन्न नपाउने महत्वपूर्ण निर्णय समेत गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च