४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब एक मिहनाभित्रै स्मार्ट लाइसेन्स

३० जेष्ठ २०७५, बुधबार ०१:३७

जेठ ३०, काठमाडौँ | सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । 

यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ । 

विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन । 

तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ ।

अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

- आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । 

देशभर स्मार्ट लाइसेन्सको माग दैनिक करिब ५ हजार भए पनि आपूर्ति हुने गरेपनि चाहिएजति प्रिन्ट गर्न नसकिदा आवश्यकता अनुसार समयमै वितरण हुन सकेको थिएन, अब भने पहिले  भन्दा थप ४ मेसिनले प्रिन्ट गर्ने हुँदा एक महिनामै स्मार्ट लाइसेन्स पाउन सकिनेछ ।  अहिले नयाँ, नवीकरण तथा नेपालीकरणका लागि दैनिक हजारौं आवेदन आउने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ