२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैलेजा आचार्य महिला नेता मात्र नभएर समग्र देशकै नेता हुन्: नेता महत

२०७५, ३० जेष्ठ बुधबार ११:५९

जेठ ३० काठमाण्डौ | नेपाल महिला संघ केन्द्रिय समितीको आयोजनामा नवौँ शैलजा आचार्य स्मृति दिवसको अवसरमा  दिपप्रज्वलन गरि सम्पन्न भएको छ ।


मंगलबार आयोजित दिपप्रज्वलन कार्यक्रमको प्रमुख अथिति रहनुभएको नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले शैलजा आचार्य हाम्रोबीच नरहेको पनि आचार्यप्रतिको स्मरण अझै ताजै भएको बताएका छन् । 

डा महतले शैलजा आचार्य अदम्य साहसकी प्रतिमूर्ति भएको जिकिर गर्दै २०३३ सालमा मन्डलेहरुले बेला बखतमा उहाँको अस्मितामाथि धावा बोल्दै अनेकौं गालि बेइज्जत गर्दा पनि नडराई प्रजातन्त्रको लागि सदैव लडिरहेको स्मरण गरे ।

शैलजा आचार्य विद्रोही स्वभावको व्यक्ति भएका कारण वि.सं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुपरेको तथा उनको विद्रोही स्वभाव जीवनको अन्तिम कालखण्डसम्म कायम रहिरहेको पनि उनले बताए। 

महतले भने:- 'शैलेजा आचार्य महिला नेत्रृ मात्र नभएर समग्र देशकै नेता हुन्, जसरी वि.पी.,गणेश मान, शुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला को फोटो राखिन्छ यसै पंक्तिमा उनको फोटो पनि राखिनु पर्छ ।'

आचार्यको पार्टीप्रतिको योगदान अन्य नेताको भन्दा फरक नभएकाले उनलाई पार्टीले उच्च सम्मान गर्नुपर्ने धारणा डा. महतले राखे ।

शैलेजा आचार्य स्मृति दिवशमा आयोजित दिप प्रज्वलन कार्यक्रममा बिभिन्न बक्ताहरुले आफ्नो आफ्नो धारणा राख्दै आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने