२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिलेटिन अभाबमा तिन बर्षदेखी दार्चुला तिकंर सडक अलपत्र

२०७५, ३१ जेष्ठ बिहीबार ०९:५३

लोकेन्द्र प्रशाद जोशी/ जेठ ३१ दार्चुला । बिस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी राष्ट्रिय प्रार्थमिकताको दार्चुला तिंकर सडक निर्माणको काम अलपत्र परेको छ । त्रिदेशीय सीमाक्षेत्र जोडिने दार्चुला तिंकर सडक निर्माणको काम पटकपटक आग्रह गर्दा समेत नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा ठप्प जस्तै भएको हो ।

नेपाली सेनाले दार्चुला तिंकर सडक योजना निर्माणका लागि २० मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म एक चौथाई अर्थात ५ दशमलव ७ मेट्रिक टन मात्रै जिलेटिन उपलब्ध गराएको सडक योजनाले जनाएको छ ।

सडक कार्यालयले सेनालाइ १० मेट्रिकटन जिलेटिनको मूल्य भुक्तानी गरिसकेको भएपनि बिष्पोटक पदार्थ पाएको छैन ।

दार्चुला तिंकर सडकले गत जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा सात दिनभित्र १० टन विष्फोटक पदार्थ पुग्ने प्रतिबद्धता गरेपनि प्रतिबद्धता गरेको नबौ दिनमा समेत विष्फोटक पदार्थ पुगेको छैन् । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसंग बझाङ जिल्लामा निर्माणाधीन कालङगाड जलविद्युत आयोजनाबाट १० मेट्रिक टन विस्फोटक पदार्थ सापटी लिन लागिएको बताएपनि हालसम्म बिष्पोटक पदार्थ नआएको हो ।

कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प नभएका कारण योजनालाइ काम गर्न समस्या भएको छ । दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकरसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । हालसम्म खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता भएकोमा ४० किलोमिटर लामो सडकको ट्रयाक खोल्ने काम सकिएको आयोजना प्रमुख रामचन्द्र शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ