२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधी सभामा सांसद रावतको आक्रोशः ‘म तिम्रा किताब बोक्ने भरिया होइन्’

३ असार २०७५, आईतवार १६:२५

असार ३, सुर्खेत | कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दुर्गाबहादुर रावतले वर्तमान सरकारले बजेटमा कर्णालीलाई उपेक्षा गरेको भन्दै सरकारको कडा आलोचना गरेकखा छन् । उनले आईतबार संसदमा आफुले सरकारको नीति तथा कार्यक्रमलाई गरेको समर्थन बजेट आएपछि फिर्ता लिएको र समर्थन गरेकामा आफैप्रति आपत्ती र विरोध जनाए ।

उनले वर्तमान कम्युनिष्ट सरकारले उत्पीडित क्षेत्र, जाती र लिङ्गको पक्षमा काम गर्ने अपेक्षा लिएको भएपनि बजेट हेर्दा त्यस्तो नलागेको बताए । त्यसले वर्तमान सरकार नीति र विधिमा चल्नुपर्ने कुरा भुलेर वेथितिमा चलेको उनको आरोप छ । प्रधानमन्त्री केपी शर्माओलीले बजेटबारे नेकपा सांसदहरुले बिरोध नगर्न निर्देशन दिएकै भोलीपल्ट पहिले पनि मन्त्री भएका जिल्लामा धेरै बजेट जाने र केही बजेट मन्त्री नभएका जिल्लामा जाने गरेको तर अहिले त्यो अवस्था पनि नआएकोमा सांसद रावतले आपत्ति जनाए ।

उनले सरकारलाई नीति र थितिमा चल्न सभामुखमार्फत आग्रह समेत गरे । रावतले चुनावका बेला तत्कालिन वाम गठबन्धनले उत्पीडित जाती र क्षेत्रको उद्दार गर्ने तथा विकासमा लाग्ने कुरा मतदातामाझ गरेको र सोही प्रकारको घोषणापत्र थमाइएको भएपनि अहिले त्यो अवस्था नआएको भन्दै आक्रोश पोखे । उनले विकासका पक्षमा जनताले भोट दिएको कम्युनिष्ट भएर हैन भन्दै अहिले जनताको घरमा जान नसकिने अवस्था आएको बताए ।

विनियोजन विधेयकमा आपत्ति जनाएका उनले सरकार कहाँबाट चलिरहेको छ ?भन्ने प्रश्न गरे । यसको जवाफ आफ्नो पार्टीका नेताहरूले छिटो दिनुपर्ने उनले माग पनि गरे । दुर्गम जिल्ला कालिकोटका लागि कुनै पनि मन्त्रालयले बजेट विनियोजन नगरेपछि उनले आक्रोश पोख्दै भने, ‘कालिकोट जानुपर्ने भए गाडी भाडा म व्यवस्था गरिदिन्छु । तपाईले उपलब्ध गराएको किताबमा हेर्नुहुन्छ भने चश्मा व्यवस्था गरिदिउँला’ उनले भने ।

सांसद रावतले विनियोजन विधेयकमा मन्त्रालयगत छलफलका लागि उपलब्ध गराइएको किताब पनि आफु कसैको भरिया नभएको भन्दै रोष्ट्रमबाटै फिर्ता गरेका छन् । ‘म कसैको भरिया होइन’ उनले आक्रोश पोख्दै भने, ‘तपाईहरूका जिल्लामा योजना आउने मैले किताब बोक्नुपर्ने ?’आफु अपाङ्ग मान्छे अहिलेसम्म भारी नबोकेको भन्दै उनले भने, ‘तपाईंको किताब यहीँ फिर्ता गरिदिएको घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ