2026-07-26 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस काउन्सिललाई रवि लामिछानेको यस्ता धम्कि ! छानबीनका क्रममा आएका ६ पत्रमा के-के छन् ?

असार ७, काठमाडौँ | प्रेस काउन्सिल नेपालद्वारा २०७५ असार ६ गते बुधबार राजधानीमा आयोजित “काउन्सिल ऐन, गोपनीयताको हकसम्वन्धी ऐनको” मस्यौदाउपर छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले २६ बर्ष पुरानो प्रेस काउन्सिल ऐनबमोजिम काम गर्दा कठिनाइ, नयाँ ऐन छिट्टै आउने, पत्रकारिता क्षेत्रमा गुणस्तर कम, पत्रकारितामा संख्यात्मक बृद्धि भएको भन्दै ज्यूँदो मान्छेलाई श्रद्धाञ्जली दिने हतारोको पत्रकारिता व्याप्त भएको बताएका छन् । 

रवि लामिछानेको बिषयमा… 

प्रेस काउन्सिलले गरेको छलफल कार्यक्रममा न्युज ट्वान्टिफोर टेलिभिजनमा सिधा कुरा जनतासँग प्रस्तुत गर्ने पत्रकार रवि लामिछानेको बिषयमा ११ प्रिजेन्टेसन पेज प्रस्तुत भएको छ । ‘काउन्सिललाई धम्की’ शिर्षकमा प्रस्तुत भएको पावरप्वाइन्ट प्रेजेन्टेसनमा रवि लामिछाने बिरुद्ध आएका उजुरी र त्यसको बिषयमा प्रेस काउन्सिलले ध्यानाकर्षण पत्र लेख्दा पत्रकार लामिछानेले काउन्सिललाई धम्किपूर्ण पत्रको जवाफ दिएको बिषयमा उल्लेख गरिएको छ । प्रिजेन्टेसनमा पत्रकार लामिछानेले काउन्सिललाई लेखेको धम्कीपूर्ण पत्रलाई समेत जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

पत्रकार लामिछानेलाई गतबर्ष आएको एउटा मुद्धा अनुसार एकजना विदेशी अमेरिकी नागरिक रवि लामिछानेले अन्याय गर्नुभयो, नेपालको नियमकानुन तोड्नुभयो भनेर उजुरी आएको कुरा उल्लेख छ । उजुरी उपर छानविन गर्ने क्रममा काउन्सिलले लामिछानेलाई पठाएको जवाफ भयंकर आपत्तिजनक, छलफलको विषय बनेको उल्लेख छ । लामिछानेले सरकारले पत्रकारहरुलाई जारी गर्ने प्रेस पासको बिरोध गर्दै लेखेका छन् – ‘बरु म प्रेसपास लिनुभन्दा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु ।’ 

तल हेर्नुहोस् लामिछानेले पठाएको धम्कीपूर्ण पत्र तथा उनि बिरुद्ध परेका मुद्धा, साथमा प्रेस काउन्सिलले उजुरी उपर छानबीन गरेका केहि महत्वपूर्ण प्रमाणहरु: 

माथिको तश्विरमा: प्रेस काउन्सिलले पत्रकार रवि लामिछानेबिरुद्ध परेका मुद्धाको छानबिनका क्रममा पत्रकार लामिछानेले काउन्सिललाई लेखेको पत्र | 

माथि: प्रेस काउन्सिलले पत्रकार रवि लामिछानेबिरुद्ध परेका मुद्धाको छानबिनका क्रममा पत्रकार लामिछानेले काउन्सिललाई लेखेको पत्र | 

पत्रकार लामिछाने बिरुद्ध परेको मुद्धामा छानबीनका क्रममा…  

माथिको पत्रले रवि लामिछानेले सूचना बिभागबाट पत्रकारको परिचय पत्र लिएका छैनन् भन्ने स्पष्ट पार्छ, त्यसो त रवि लामिछानेले प्रेस काउन्सिललाई लेखेको पत्रमै लेखेका छन् -‘अहिलेको अवस्थामा प्रेस पास लिनु भन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु’ भनेर लेखेका छन् | 

माथिको पत्र अनुसार रवि लामिछाने अमेरिकी नागरिक भएकाले नेपालमा नातेदार भिषामा रहेको र अध्यागमन नियमावली २०५१ को दफा २० को (१) अनुसार पारिश्रमिक लिएर वा नलिएर कुनै पनि उद्योग, व्यापार, व्यावसाय वा संस्थामा काम गर्न पाउँदैनन् भन्ने स्पष्ट लेखेको छ |  

माथिको श्रम बिभागको पत्रले रवि लामिछानेले श्रम स्वीकृति नलिई कार्यक्रम संचालन गरेको बिषयलाई प्रष्ट पारेको छ | 

माथिका पत्रहरुको आधारलाई हेर्दा रवि लामिछानेलाई सरकारी तथा कानुनी नजरमा गैरकानुनी देखाइएको छ | उनको अमेरिकी पासपोर्ट नम्बर सहित र नातेदार भिषामा रहेको अध्यागमन बिभागले पठाएको पत्रमा स्पष्ट उल्लेख छ भने बुधबार फेसबुक मार्फत लाइभ दिँदै लामिछानेले आफू अमेरिकि नागरिक भएको भन्दै ‘म नेपाली हुँ, नेपाली थिएँ र नेपाली भएर मर्नेछु’ भनेका छन्  | उनले आगामी कार्यक्रममा आफू बिरुद्ध को-को लागेका छन् भन्ने बारे खुलाउने संकेत समेत दिएका छन् | उनले व्यक्तिगत बाध्यताका कारण नेपाली पासपोर्ट लिएको समेत बताएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ