पढ्न करिब 1 मिनेट लाग्छ

असार ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सी समेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

मुद्धा दायर भएकामा मालपोत, वन र नापी कार्यालयका खरिदार, नायब सुब्बा, शाखा अधिकृत र उपसचिवसमेत छन् ।

उनीहरुविरुद्ध ६५ करोड रुपैयाँ विगो कामय गरी मुद्धा दायर गरिएको छ ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।