पढ्न करिब 1 मिनेट लाग्छ

असार ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।

खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ ।

चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन् ।

उनले ग्रेट हल अफ दि पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डलसामु भने, हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ ।

त्यो अझै अगाडिी बढ्दै छ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।