<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा

२०७५, ७ असार बिहीबार ११:४४

असार ७, काठमाण्डौ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिको निमित्त मुस्लीम समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।


मुस्लीम समुदायको महान्पर्व इद उल फित्रको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको पहिचानको पक्षमा बहुसंख्यक मुस्लीम समुदाय रहेकोमा खुसी प्रकट गर्नु भयो ।

आपसी सद्भाव, एकता र भाईचारा नै समृद्धिको आधार भएको चर्चा गर्दै थापाले सवै धर्म, जाति र सम्रदाय वीच मिलेर बस्ने नेपाल र नेपालीको मौलिक परम्परा विशिष्ट रहेको विचार व्यक्त गर्नु भयो ।

राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका सल्लाहकार सलिम खान गौसको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष टंक ढकाल, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता रोशन कार्की, सहमहामन्त्री द्धय चन्द्र बहादुर गुरुङ्ग, हेमजंग गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता