सास । असार ७, बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ७, बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हामी अब ढुक्क भयौँ !

७ असार २०७५, बिहीबार १६:४९

सास । असार ७, बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ ।


नगरपालिकाले नगरका युवा, महिला, दलित, जनजाति तथा लोपोन्मुख÷सिमान्तकृत वर्गका लागि आयोजना गरेको दोस्रो चरणको  एक हप्ते नगरस्तरीय उद्घोषण तथा नेतृत्व क्षमता विकास कार्यक्रमको आज समापन समारोहमा उपरोक्त कुरा बताउनुभएको हो । साथै वहाँले तालिमले नगरका लक्षित समुदायको नेतृत्व क्षमतामा वृद्धि हुने अपेक्षा गर्नुहँुदै यस तालिमबाट अब हामीले कुनै पनि कार्य आँफै गर्नका लागि उत्प्रेरित हुने पर्ने कुरा सिकाएकोले पनि कुनै पनि कार्यक्रम सञ्चालनका लागि आफै नै गाउँठाउँमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुहुँदै सबै सहभागीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो । 


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर अञ्जु दहितले तालिमबाट सहभागीहरुले घरदेखि समाजसम्म काम लाग्ने कुरा सिक्नुभएकोले यसलाई ठाउँ ठाउँमा उपयोग गर्नुहुन सबै सहभागीहरुलाई आह्वान गर्नुभयो । 

बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशीधर घिमिरेले नगरपालिकाले गरेको लगानीबाट नगरलाई आवश्यक जनशक्ति उत्पादन गरेकोले खुशी व्यक्त गर्नुहुँदै यस प्रकारका कार्यक्रमलाई अझ बढी स्तरीय तरीकाबाट निरन्तर रुपमा सञ्चालन गरिने कुरा बताउनुभयो । 

समापन कार्यक्रममा विभिन्न समूहहरुको तर्फबाट तालिमको समिक्षात्मक टिप्पणीहरु प्रस्तुत गरिएको थियो भने सहभागीहरुबाट तालिम अत्यन्तै फलदायी रहेको र आगामी दिनमा अझ लामो अवधि र अनुकुल मौसम तथा व्यवस्थित रुपमा गरिनु पर्नेमा जोड दिएका थिए । 

तालिमको पहिलो चरण जेठ ३१ गते सकिएको थियो जसमा बारबर्दिया नगरपालिकाका १ देखि ४ नं. वडाहरुबाट दुई दर्जन बढीको सहभागिता रहेको थियो भने आज सम्पन्न भएको दोस्रो चरणको कार्यक्रममा भने नगरपालिकाको वडा नं. ५ देखि ११ सम्मका ५ दर्जन सहभागी रहेका थिए । जसमा १४ ओटा सामुदायिक विद्यालयका शिक्षकहरुलाई पनि सहभागी गराइएको थियो ।

तालिमको प्रशिक्षकको रुपमा रेडियो रामज्ञानुका शितल थापा, शिक्षक तथा सञ्चारकर्मी प्रभात सुवेदी, कमल वि.के. निर्मोही, माधव अधिकारी रहनुभएको थियो । 

समापन कार्यक्रममा सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र समेत वितरण गरिएको थियो भने समापन कार्यक्रम बारबर्दिया नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् प्रवक्ता दुर्गा बहादुर विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न गरिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान