असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा"/>
2026-06-28 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओयो अब देखि इसेवामा आवद्ध, उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने

असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित  एक कार्यक्रमका बीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयाका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रम पश्चात् इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ’ । 


यसैगरी ओयोका भाइस प्रेसिडेण्टप्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमाओयोको विस्तारकालागिनिकै सहजहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘ओयो र इसेवादुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवा दिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौँ’ । 

ओयो मार्फत तत्काल काठमाडाँै र पोखराका ३५ बढि होटलका ६ सयवटा रूम इसेवा मार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको जनाएको छ । 

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक”को सुविधा दिइएको छ । 

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त इसेवामाहाल ४६ वटा बैंक सदस्य  रहेका छन् । सन् २००९ बाट कारोबार सुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथापोइन्ट) रहेका छन् । 

ओयोले २०१७ मे २४ तारिखदेखि नेपालमाआफ्नो सेवाप्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्यगरेको छ । सन् २०१३ माआफ्नो सेवाप्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमापनि सेवादिदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी