२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुच्छ्रे गाउँपालिकाको बजेट ४५ करोड

११ असार २०७५, सोमबार ०७:१६

असार ११,पोखरा। कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ । 

माछापुच्छ्र गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी दवाडीले बजेट सार्वजनिक गर्नुभयो । 

चालू खर्चतर्फ रु २८ करोड ३७ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु नौ करोड ५३ लाख २९ हजार, आर्थिक विकासतर्फ रु एक करोड ५५ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २५ लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहतर्फ रु तीन करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ । 

सडक सञ्जाल निर्माण र स्तरोन्नतिका लागि रु आठ करोड १८ लाख छुट्याइएको छ । सिँचाइ कुलो निर्माण तथा मर्मत सुधार गरी कृषि उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न रु एक करोड ३३ लाख ५० हजार विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत सुधारसँगै संरचनागत विकासका लागि रु एक करोड ७८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ । 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गुरुङले माछापुच्छ्रे हिमाल आरोहण खुला गर्न सम्बद्ध निकायसँग छलफल गरी पहल गरिने बताउनुभयो । उहाँले पदयात्रा पर्यटनको विकासका साथै बञ्जीजम्प, क्यानोनिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइम्बिङ, पर्वतारोहणजस्ता साहसिक खेलको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिइने बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट