२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङको जयपृथ्वी नगरपालीकाको बजेट सार्वजनिक, के-केमा छ प्राथमिकता ?

२०७५, ११ असार सोमबार १२:०९

टेकेन्द्र बोहरा | असार ११, बझाङ | बझाङको पहिलो नगरपालिकाको रुपमा रहेको जयपृथ्वी नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न् भएको  छ ।

नगरपालिका भित्र आधारभुत पुर्वाधारको विकासलाई मुख्य प्राथमिकता दिदै निति, कायक्रम तथा बजेट सार्वजनिक आईतवार सार्वजनीक गरेको छ । 

आर्थिक विकास र गरिवी निवारणमा जोड दिइएको भनिएको कार्यक्रममा करिब ५२ प्रतिशत बजेट चालु खर्चको लागि छुट्याइएको छ । 

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको करिब ४७ करोड १५ लाख मध्ये २४ करोड ६८ लाख रुपैया चालु खर्चको लागि र २२ करोड ४७ लाख पु“जिगत खर्चको लागि छुट्याएको छ ।

 पुजिगत खर्चको ४१ प्रतिशत अर्थात ९ करोड २८ लाख पुर्वाधार विकासको लागि विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताउनुभयो ।

 पुर्वाधारको अधिकांस रकम ग्रामिण सडक निर्माणमा खर्च गरिने गरि कार्यक्रम तय गरिएको छ । 

स्वच्छ समृद्ध र सम्पन्न नगरपालिकाको परिकल्पना पुरा गर्नको लागि शिक्षा, स्वास्थ्य, पोषणको अवस्था सुधार गर्ने, कृषि र पशुजन्य उत्पादनको बृद्धी गरि कृषकहरुको आयस्तर सुधार गर्ने, लैगिक तथा सामाजिक समावेशीकरण मैत्री विकास प्रकृयाको थालनी गर्ने र जनतालाई चुस्त सेवा प्रवाह र शुशाशनको अनुभुती दिने तर्फ निति कार्यक्रम तथा बजेट केन्द्रित रहेको उल्लेख गरिएको छ । 


विभिन्न कृषि र पशु जन्य उत्पादनको पकेट क्षेत्रको रुपमा नगरपालिकालाई विकास गर्ने, साक्षर नगरपालिका बनाउने र कुपोषणको जोखिम घटाउने खालका कार्यक्रमहरुमा रकम विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 

यस्तै सदरमुकाम क्षेत्रलाई पलाष्टिक रहित क्षेत्र घोषणा गर्ने, बनमा आधारित उद्यम प्रर्वद्धन गर्ने लगायतका कार्यक्रम पनि नगरसभामा प्रस्तुत गरिएको छ 

नगर सभाको जिल्ला समन्वय समितिका संयोजग खड्गबहादुर खड्काले उदघाटन गरेका थिए । नगरसभामा बोल्दै नगरप्रमुख विरेन्द्रबहादुर खड्काले समृद्ध नगरपालिका बनाउने जनताको सपना साकार पार्नका लागि आफुहरुले धेरै मेहेनतका साथ काम गरिरहेको र प्रस्तुत बजेट जनताको चाहाना अनुसार विनियोजन भएको बताएका थिए । 

माथिको तश्विरमा: जयपृथ्वी नगरपालिकाको दोसो नगरसभामा उपस्थित सहभागीहरु । तस्विरः टेकेन्द्र बोहरा  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ