२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही

२०७५, १२ असार मंगलवार १२:०३

असार १२, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताउनुभएको छ । 

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भन्नुभयो, “युवा बेरोजगार संख्या बढ्दो छ । बेरोजगारकै कारण युवा लागुऔषध दुव्र्यसनीमा फस्दा सरकारलाई झनै ठूलो चुनौती थपिएको छ ।” 

सम्पूर्ण युवाको तथ्याङ्क संकलन गरी उनीहरुको सीप तथा क्षमताका आधारमा काम दिने प्रदेश सरकारले नीति ल्याएको उहाँले बताउनुभयो । 

“कर्णाली प्रदेशका युवाको श्रम सीपलाई उत्पादनसँग जोड्न १० वटै जिल्लामा युवाका लागि तालीम केन्द्र खोल्ने र उनीहरुको रुचीअनुसारको सीप दिएर तन्दुरुस्त र दख्खल बनाउँछौँ”, उहाँले भन्नुभयो । लागुऔषध दुव्र्यसनीमा फसेका युवाको जीवन रुपान्तरणका लागि सुधार गृह स्थापना गर्ने योजना रहेको उहाँको भनाइ थियो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विश्वमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह अवस्थामा रहेको औँल्याउनुभयो । समाजमा दुस्परिणाम ल्याउने लागुऔषधको कारोवार र अवैध ओसारपसार रोक्न यसलाई कर्णाली प्रदेश सरकारले कार्यसूचीको अग्रभागमा राख्ने कानूनमन्त्री भण्डारीले प्रतिबद्धता गर्नुभयो । 

धेरै युवा कुलतमा फसेर पतनको दिशातर्फ उद्धत भएको टिप्पणी गर्दै उहाँले दुव्र्यसनीमा फसेकाहरुका लागि अनुकूल वातावरण बनाउने तयारीमा सरकार रहेको बताउनुभयो । 

पूर्व लागुऔषध प्रयोगकर्ता तथा भैरव सशक्तीकरण केन्द्र सुर्खेतका अध्यक्ष ललित भट्टराईले उनीहरुप्रति सकारात्मक दृष्टिकोण र सद्व्यवहार गर्न सके परिवर्तन आउने जिकिर गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी